अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना हुने

बिआरटीनेपाल २०७४ साउन ३२ गते ८:५७ मा प्रकाशित

नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना हुने भएको छ ।

२३ औँ विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सवको आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् ।

महोत्सवले, आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको परम्परा, भाषा, कला, संस्कृतिलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रबर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको सञ्चार संयोजक गुरुङले जानकारी दिइन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सवले, आदिवासी जनजातिको हक, अधिकारलाई सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताएका छन् । मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रबर्धन गर्ने उदेश्यले आदिवासी चलचित्र महोत्सव आयोजना गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।

चलचित्र महोत्सव अगस्त २५ तारिखदेखि २७ सम्म तीन दिन ढाका क्लबमा हुनेछ । तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरी एघार चलचित्र प्रर्दशन गरिनेछ । गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’ र चलचित्र प्रर्दशन गरिने छ ।

त्यसै गरी, राई भाषाको ‘सुम्निमा, र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिइएको छ । यसै गरी, लघु चलचित्रहरुमा नेवारको ‘कल्ली’ र थारुको ‘लाज’ माझीको ‘बन्ठी’, र मुगालको ‘फेके’, को प्रर्दशन गरिने मिडिया संयोजक गुरुङले बताइन । महोत्सवमा, सन २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको ‘कर्म क्या’ र सन २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार जितेको राई भाषाको ‘मतान’ को विशेष प्रर्दशन गरिने महोत्सवका संयोजक मणि वाङदेलले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न एघार वटा विधामा उत्कृष्ट हुनेलाई पुरस्कार र सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाण पत्र दिइने छ । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले फिप्नाका सबै जातीय सदस्य संस्थाहरू लगायत सबैलाई सहयोगका लागि अनुरोध गरेका छन् ।

चलचित्र महासङ्घ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यु योर्क र नेपाल चलचित्र विकास बोर्ड विशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू