अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

नेपाली घरको नव निर्वाचित पदाधिकारीलाइ कार्यभार हस्तान्तरण

नातिबाबु भट्ट, कोलोराडो २०७४ साउन ३२ गते ३:०८ मा प्रकाशित

कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको नव निर्वाचित कार्यसमितीका पदाधिकारीलाई एक समारोह बिच कार्यभार हस्तान्तरण गरिएको छ । बु्रमफिल स्थित मिनी ईन्डियामा रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा नेपाली घरका निवर्तमान अध्यक्ष योगराज गौतमले कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा नव निर्वाचित अध्यक्ष लक्षुमण रानालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

आगामी २ बर्षे कार्यकालको लागी हालै सम्पन्न निर्वाचनमा कार्यसमितीका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । संस्थाले कार्यसमितीको निर्वाचन सम्पन्न गर्न राजेन्द्र शर्माको संयोजकत्वमा बासुदेब दाहाल, र ज्ञानेन्द्र काले रहेको तिन सदस्सिय निर्वाचन समिती गठन गरेको थियो । निर्वाचन समितीले सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको प्रमाण पत्र बितरण गरेपछि संस्थाको कार्यभार हस्तान्तरण गरिएको हो ।

यसरी निर्विरोध निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष लक्षुमण राना, उपाध्यक्ष द्धय नातिबाबु भट्ट र कुमारजंग कार्कि, महासचिव निर्मल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर उपेन्द्र रिजाल रहेका छन् । त्यसैगरी अन्य बोर्डअफ डिरेक्टरहरुमा जगदिशचन्द्र ढकाल, राज ढुङ्गाना र अजुर्नकुमार केसी रहेका छन् ।

कार्यभार हस्तान्तरण पछि कार्यक्रममा उपस्थित अतिथीहरुले नव निर्वाचित कार्यसमितीलाई सुभकामना मन्तब्य दिएका थिए । यसरी सुभकामना मन्तब्य दिनेहरुमा अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका बिशेष समितीका सदस्य डा.आनन्द पौडेल, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, बल्ड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका निवर्तमान अध्यक्ष शरद आचार्य, तमुधि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, संख्ँुवासभा समाजका महासचिव हरिकुमार श्रेष्ठ, बिआटी नेपाल डटकमका शैलेस पोख्रेल लगायतका रहेका थिए । अतिथी सबै बक्ताहरुले नया कार्यसमितीको कार्यकालको सफलता सुभकामना दिदै नेपाली घर निर्माणमा अघिबढे सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका सभापति योगराज गौतमले निर्वाचन समितीले संस्थाको बिधानमा रहेर निर्वाचन सफलताको साथ सम्पन्न गरेकोमा धन्यवाद दिदै निर्वाचन समितीका सबै सदस्यहरुलाई कदर पत्र पदान गरेका थिए ।

नेपालीहरुको भाषा, संस्कृती, रहन सहन भेष भुषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको यस संस्थाले सबै संघ संस्था तथा समुदायहरु संग हातेमालो गर्दै अगाडी बढ्ने बताउदै आएको छ ।

 

 

प्रतिक्रिया