अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

नायक शिव श्रेष्ठ अमेरिकामा हुने ग्लोवल नेपाली फिल्म अवार्डमा सहभागी हुन पाएनन्

बिआरटीनेपाल २०७४ साउन ३१ गते १२:५७ मा प्रकाशित

बुधबार श्रीमती र छोरा सहित अमेरिका जाने तयारिमा रहेका नायक शिव श्रेष्ठको अमेरिका यात्रा रोकिएको छ । आउँदो अगष्ट १९ तारिकका दिन अमेरिकाको कोलोराडो स्थित डेनभर सहरमा हुन लागेको दोस्रो खुम्बु कोल्च ग्लोवल नेपाली अवार्डमा सहभागी हुनको लागि भिषा पाईसकेका नायक श्रेष्ठ आफ्ना ससुराको असामहिक निधनका कारण अमेरिका जान नपाउने भएका हुन् ।

१५ बर्ष अघि सृजना श्रेष्ठसंग बिबाह गरेका नायक श्रेष्ठका ससुरा लक्ष्मी नारायण श्रेष्ठको मंगलबार राती निधन भएपछि उनि श्रीमती र छोरा सहित चितवनको भरतपुर १ मा रहेको ससुराली घरमा पुगेका छन् ।

वि.सं. २००८ असोज १० गते म्याग्दीको तातोपानीमा जन्मेका नायक श्रेष्ठका ससुरा स्व. लक्ष्मी नारायण परिवार चितवनमा बसोवास गर्दै आएको छ । २ छोरा र ३ छोरी मध्यकी सृजना माईली छोरी हुन् ।

 

प्रतिक्रिया