अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

पत्रकार महासङ्घको अध्यक्ष पदमा तीर्थ कोइरालाको उम्मेदवारी

बिआरटीनेपाल २०७४ साउन ३० गते २२:११ मा प्रकाशित

३ दशक भन्दा लामो पत्रकारिता अनुभव बटुलेका पत्रकार तीर्थ कोइरालाले नेपाल पत्रकार महासङ्घको निवार्चनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आउँदो भदौ ४ र ५ गते हुने महासङ्घको २५ औं महाधिवेशनमा पत्रकार कोईरालाले अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

नेपाल प्रेश ईन्स्टिच्युटको अध्यक्ष समेत रहिसकेका पत्रकार तिर्थ कोईरालाले कान्तिपुर टेलिभिजनको समाचार प्रमुखका रुपमा पनि लामो समय काम गरेका थिए । साहित्यमा समेत राम्रो दख्खल भएका उनलाई नेपाली पत्रकारिता क्षेत्रले अब्बल र सकृय पत्रकारको रुपमा चिन्दछ । पत्रकारिता क्षेत्रमा पेशागत मर्यादालाई दह्रो रुपमा स्थापित र लागु गर्नुपर्ने आवश्यकता महशुष गरेका कोईरालाले व्यावसायिक पत्रकारिताको धारणालाई अघि सारेका छन् ।

पत्रकारिता पेशा आफैंमा स्वतन्त्र, निस्पक्षिय, पारदर्शी र मर्यादित पेसा भएकाले कुनैपनि दलगत आधारमा नभई पत्रकारितालाई राजनीतिक छाँयाबाट मुक्त गरि पत्रकारकै संस्थाका रूपमा विकसित गर्न आफूले उम्मेदवारी दिएको कोइरालाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू