अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

‘तमु समाज पोर्चुगल’द्वारा पोर्चुगलमा बिरामी अवस्थाका गुरुङलाई  सहयोग

बिआरटीनेपाल २०७४ साउन ३० गते १:३३ मा प्रकाशित
विगत केहि महिना अघि देखि मुटुको रोगका कारण विरामी परेका तक बहादुर गुरुङलाई तमू समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ । लिस्वनमा आयोजित एक कार्यक्रममा बिरामी गुरुङलाई समाजका अध्यक्ष राजकुमार गुरुङ,उपाध्यक्ष हर्क बहादुर गुरुङ साथै समाजका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल गुरुङ लगायतको उपस्थितिमा  उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मुटुको कारण  बिरामी परेका गुरुङको राजधानी लिस्वन स्थित  सान्ता मारिया हस्पिटलमा सफल सल्यक्रिया पश्चात धेरै सुधार आएको बिरामी गुरुङले बताए ।
विगत २ वर्ष देखि पोर्चुगलमा बसोवास गर्दै आएका गुरुङ पोर्चुगलको रेसिडेन्सी प्राप्त गरिसकेका छन् जसले गर्दा उनको उपचार सरकारी तवरबाट भएको थियो ।
डाक्टरको सल्लाह अनुसार अझै पूर्ण निको हुन् केहि समय लाग्ने बताइएको छ । उनि काम गर्न सक्ने अवस्थामा फर्केका छैनन जसले गर्दा उनि काम गर्न सक्ने अवस्था नहुन्जेल सम्म उनको दैनिकीका लागि केहि राहात मिलोस भन्ने उद्देश्यले तमू समाजले उक्त सहयोग गरेको थियो ।
साबिक गोरखा भै हाल काठमान्डौ वसोवास गर्दै आएका गुरुङको परिवार कमनपा-२९,धापासीमा बसोवास गर्दै आएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू