अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

राप्ती नदी र डुडुवा खोलाकोे बाढीले सयौं घर डुवानमा

बिआरटीनेपाल २०७४ साउन २९ गते ११:२० मा प्रकाशित

बाँकेको राप्ती नदि, मान खोला, डुडुवा खोला र किरणनालामा आएको बाढीले सयौं घर डुवानमा परेका छन् भने कयौंको विचल्ली भएको छ । शुक्रबारदेखि देखिको वर्षाका कारण बाढी आएपनि विस्तारै घटदैछ । राप्ती नदीमा पानीको सतह ५ दशमलव ४० मिटर पुगेपछि खतरा मानिन्छ । हिजो विहान पानीको सतह बढेर ८ मिटर पुगेपछि आसपासका दर्जनौं गाउँ डुबानमा परेका हुन्. ।

राप्तीमा पानीको सतह अहिले ४ मिटरमा रहेको छ । राप्तीमा बाढी आएपछि राप्ती सोनारीका वैजापुर, विनौना, फत्तेहपुर, मटेहिया, गंगापुर, होलियया लगायतका गाउ डुवानमा छन् । डुडुवा खोलाको सतह बढेपछि डुडुवा गाउँपालिकाका खालेमसहा, लालापुर लगायत गाउँ डुवानमा छन् ।

होलियाको चौफेरी, टेपरी, पिप्रहवा, खडैचा, बेतहनीको सन्तलिया, बेतहनी चौराहा, हलबलडोली, कटलिया, कम्दीको मसहा लगायतका स्थानमा बाढीले क्षति पुर्याएको छ । राप्ती नदिमा आएको बाढीले मात्र करिव ४ हजार बढी घर डुवानमा परेको अनुमान छ ।

बाढीकै कारण हिजोमात्र बाँकेमा ४ जनाको ज्यान गएको छ भने एक सय बढी पुशु चौपाया मरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्ती सोनारी वडा न. ४ अन्तर्गत पर्ने लालपुरमा घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । मानखोला र किरण नाला बढेका कारण वैजनाथ, खजुरा गाउापालिकाका दर्जन बढी गाउँ डुवानमा परेका छन् ।

सुर्खेतबाट मगाइएको नेपाली सेनाको हेलिकोप्टरले राप्ती आसपास अलपत्र परेका दर्जनौंको उद्धार गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले उच्च सतर्कता अपनाउन अपील गरेको छ । बाढीबाट अलपत्र परेकाहरुको सुरक्षाकर्मीहरुले उद्दार गरिरहेको छ ।

बिशेषगरी राप्तीपारी स्थलमार्गको सम्बन्ध विच्छेद भएका कारण उद्धार र राहतमा कठिनाई भएको छ । हेलिकप्टरबाट राहत सामाग्री पु¥याइरहेको प्रशासनले जनाएको छ ।

शनिबारदेखि अवरुद्ध पुर्व पश्चिम राजमार्गमा डाईभर्सन बनाएर यातायात सुचारु गर्ने प्रयास भईरहेको छ । राजमार्गको अगैया पुर्ब र पश्चिम गरी २ स्थाानमा पुल भत्केकोे छ ।

नेपालगन्जबाट राप्तीपारी जाोड्ने हुलाकी सडक राप्ती नदी र डुडुवा खोलाकोे बाढी र कटानका कारण अवरुद्ध छ । राप्ती, बबई लगायतका नदीमा भोलि बिहानैसम्म उच्च जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न शाखाले सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू