अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

कोलोराडोमा गायिका उषाकिरण अधिकारी अभिनन्दित

बिआरटीनेपाल २०७४ साउन २९ गते ४:०९ मा प्रकाशित

नेपाली लोक गीतको क्षेत्रमा ख्याती कमाएकी गायिका उषाकिरण अधिकारीलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा दुईसय भन्दा बढी लोकगीत गाएर कुनैबेला चर्चाको शिखरमा रहेकी गायिका उषाकिरणलाई अभिनन्दन गरिएको हो ।

तिज विशेषको रुपमा आयोजना गरिएको कार्यक्रममा महिला स्रष्टालाई यसरी भब्यरुपमा अभिनन्दित भएकी हुन् । गायिका अधिकारीलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल, साहित्यकार ज्ञानेन्द्र गदाल, उपाध्यक्ष मिना पौडेल, सचिव गौतमसागर राई लगायतले दोसल्ला ओढाई, फुलमाला लगाई दिई सम्मानपत्र प्रदानगरि अभिनन्दन गरेका हुन् ।

अभिनन्दित गायिका तथा कार्यक्रमका प्रमुख अतिथी उषाकिरण अधिकारीले पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने सगरमाथा १० पटक सम्म सफल आरोहण गर्ने टांसी शेर्पा र शुदर्सन अधिकारीलाई खादा पहि¥याई दिई सम्मान गरिएको थियो । कार्यक्रममा सगरमाथाको ५ पटकसम्म सफल आरोहण गर्ने वाङचु शेर्पा, ३ आरोहण गर्ने कामी टी शेर्पाको पनि उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव गौतमसागर राईले अभिनन्दित गायिकाले लोकगीतको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यस्तै संस्थाका सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने, धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् ।

कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले तिजका गीत, भजन, नृत्य र केहिले कमीडी प्रस्तुत गरेका थिए । कार्यक्रममा दिदी बहिनीहरु रातो साडी चोलोमा सजिएर तिजको गीत गाउदै छमछम नाची रहदा आफुलाई नेपाली घर आगनमा भएको भान हुन्थ्यो ।

कार्यक्रम पछी दिदी बहिनीहरुले घर घरमा तयार पारेर ल्याएका मिठा मिठा परिकारका दर खाने ब्यावस्था समेत गरिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्टदेख्न सकिन्थ्यो ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू