अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

बाढी प्रकोप क्षेत्रमा साबधानी अपनाऔं – डा. रवीन्द्र पाण्डे

बिआरटीनेपाल २०७४ साउन २८ गते ९:०३ मा प्रकाशित

– जति छिटो सकिन्छ, जोखिम ठाउँबाट सुरक्षितस्थानमा जाऔं ।

– नियमित औषधि खाने बिरामीले केहि दिनको औषधि साथमा राखौं ।

– सम्भव भएसम्म खानेपानी र तयारी खानेकुरा साथमा राखौं ।

– बच्चाको लागि दुध लगायतका आहार राखौं ।

– बाढीको पानी सेवन नगरौं ।

– बाढीको क्रममा तथा पछि हुन सक्ने टाइफाइड, झाडाबान्ता, हेपाटाइटिस तथा सर्पदंश लगायतबाट बचौं ।

– आफ्नो मोबाइल फोन अनाबश्यक चलाएर ब्याट्री नसकौं ! अत्याबश्यक अवस्थाको लागि ब्याट्री बचाउने उपाय गरौँ ।

– लठ्ठी, टर्च लाइट, सिठ्ठी लगायत आवश्यक बस्तु आफुसंग राखौं ।

– पैसा, गहना, नागरिकता/पासपोर्टजस्ता महत्वपूर्ण सामान सुरक्षित राखौं ।

– नियमित रुपमा रेडियो, एफ एम सुनेर सूचना पाउनको लागि सानो रेडियो साथमा राखौं ।

– बालबालिका, बृद्धबृद्धा,बिरामी तथा अशक्त व्यक्तिलाई पहिलो प्राथमिकता दिएर सुरक्षित स्थानमा राखौं ।

– एक्लै होइन समुदायसंग संगै बसौं ।

– घरमा सुत्दा पालो गरेर सुतौं ।

– भूकम्पमा जस्तै झट्पटे झोला ( अत्याबश्यक सामान राखेको ) तयार गरेर राखौं ।

– पानी जमेको ठाउँमा खाडल, दरार वा अन्य खतराको अवस्था हुनसक्छ । तसर्थ लठ्ठी वा अन्य कहिले गहिराइ पत्ता लगाएर मात्र हिडौ ।

– नियमित मौसमबारे जानकारी हासिल गरौँ ।

– प्रकोपको अबधिमा सकभर जोखिम ठाउँमा यात्रा नगरौं ।

– सुरक्षा र उद्दार समूहको फोन नम्बर खोजेर राखौं र गाह्रो परेमा सहयोग मागौं ।

– विपत्तिको बेला सम्पत्तिको मात्र माया नगरौं ! आफु बाँचौं, अरुलाई बचाऔं ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू