अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

अमेरिकामा हुने नास र एन्मा १३ औं संयूक्त सम्मेलनको तयारी पूरा

बिआरटीनेपाल २०७४ साउन २८ गते ४:३० मा प्रकाशित
संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा)  को  १३  औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर १  देखि ३ सम्म  नर्थ क्यारोलिना राज्यको सार्लोट स्थित क्राउन प्लाजा  होटलमा हुने भएको छ  ।
अमेरिकाको  विभिन्न राज्यहरुमा  रहेका नेपाली तथा नेपाली भाषाभाषी अमेरिकन  र नेपालबाट आउने चर्चित  कलाकारहरु सहित करिब पन्ध्र सय जति महानुभावहरु  सहभागी हुने विश्वाश गरिएको सो  सम्मेलनको संयोजन सार्लोट स्थित नेपालीहरुको संस्था ग्रेटर सार्लोट नेप्लिज एशोसियसनले गरिरहेको छ । हरेक बर्ष भब्य रुपमा सम्पन्न हुदै आइरहेको नासा / अन्माको सम्मेलन यस पटक अझ बढी ऐतिहासिक हुने कुरा सम्मेलनका प्रमुख राजेश सिंहले बताएका छन् ।
नासाका अध्यक्ष बिमल नेपालले यस पटकको सम्मेलनमा नेपालीहरुको उत्साहपूर्ण सहभागी रहने जनाउदै नयाँ पुस्ताका सन्ततिहरुका लागि थप प्रेरणादायी बन्ने विश्वास ब्यक्त गर्नु भएको छ । त्यसैगरी एन्माका  अध्यक्ष बाला घिमिरेले नेपाली भाषा ,कला र संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने बताउदै प्रवाशमा रहेका नेपाली संघ संस्थाहरुलाई एकता र मेलमिलापको संदेश दिन यो सम्मेलन सफल हुने कुरामा आफु विश्वस्त रहेको जनाउनु भएको छ । संयूक्त सम्मेलनलाई सफल र व्यवस्थित बनाउन ११ सदस्सीय मूल आयोजक समिति र १९ वटा अन्य विभिन्न समितिका संयोजकहरु अहोरात्र खटिरहेका छन्  । तिन दिवशिय उक्त सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै साँस्कृतिक कार्यक्रम ,युवा ट्यालेन्ट शो ,महिला तथा बालबालिका कार्यक्रम ,साहित्य ,नेपाल मंच ,स्वास्थ्य ,र अन्य सामाजिक फोरम हरु संचालन हुनेछन  ।
यसैगरी हरेक बर्ष बिशेष आकर्षणको रुपमा संचालन हुदै आइरहेको सांगीतिक कार्यक्रम ( कन्सर्ट )मा यसपटक नेपाल बाट चर्चित कलाकारहरु आउने पक्कापक्कि भएको छ । नेपाली आधुनिक तथा लोकपप संगीतका चर्चित गायकहरु शिव परियार  तथा प्रमोद खरेल ,मेलोडी किङ्ग गायक एम बराल , चर्चित लोक तथा तीज गायीका सुनिता दुलाल ,लोकप्रिय लोक गायक मिलन लामा तथा युवा गायीका निक्की कार्की लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।  साथै सो सांगीतिक कार्यक्रम लाई थप मनोरंजनपूर्ण बनाउन युवा ढुकढुकी रक गायक सबिन राई तथा  बैण्डका सदस्यहरुको लाइभ प्रस्तुति रहने भएको छ भने जर्जिया राज्य लाइ कर्मभूमि बनाएर सांगीतिक क्षेत्रमा लम्की रहेका प्रसिद्ध बैण्ड  फोर यम. बि. का  प्रणय राणा लगाएतका कलाकारहरुको बेजोडको प्रस्तुति हुने भएको छ ।  सो कार्यक्रममा अन्य कलाकारहरु कैलाश कायस्थ ,बिशाल भारती ,प्रदिप घिमिरे ,भुवन खनाल तथा मनोज राई लगाएतका कलाकारहरुले समेत आआफ्नो गायन प्रस्तुत गर्नेछन ।
चर्चित उदघोषक तथा संचारकर्मी सरोज के.सी .द्वारा संचालन हुने सांगीतिक कार्यक्रमलाई सफल पार्न कन्सर्ट कमिटिका सदस्यहरु बिशाल भारती , प्रदिप घिमिरे ,सुशील नेपाल ,ताराप्रसाद पुन ,भुवन खनाल ,कैलाश कायस्थ ,भरत बराइली लगायतका व्यक्तिहरु अहोरात्र लागि परि रहेको कुरा कन्सर्ट कमिटिका संयोजक शिव बिष्टले बताउनु भएको छ । अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ । इच्छुक महानुभावहरुलाई सम्मेलनमा सहभागी हुनका लागि निम्न वेब साइट ( http://jointconvention.org/ ) प्रयोग गर्न आयोजक समितिले अनुरोध गरेको छ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू