अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

पुनर्स्थापना केन्द्रमा मनाईन् इक्सा मादेनले जन्मदिन

बिआरटीनेपाल २०७४ साउन २८ गते ४:०६ मा प्रकाशित

आफ्नो जन्मदिनलाइ तडकभडकका साथ खर्च गर्नका साटो धरानकि इक्सा मादेनले साधारण रुपमा धरान-१२ स्थित अपांग पुनर्स्थापना केन्द्रका पुनर्स्थापित अपांगहरुहरुलाई खाजा खुवाएर मनाएकी छिन् । मिस पुर्वान्चल २०१६ कि फर्स्ट रनर अप तथा संचारकर्मी समेत रहेकी इक्साले आफ्नो १९ औ जन्मदिनको बिशेष दिन पुनर्स्थापना केन्द्रका २८ जना पुनर्स्थापित बालबालिका तथा बृद्ध अपांगहरुहरु संगै ब्लास्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्की , बराह ज्वेलरीका प्रशासकीय अधिकृत गंगा कालिकोटे , सिल्भर इन्टरटेनमेन्टका दिपक बनेपाली , अपांग पुनर्स्थापना केन्द्रका अध्यक्ष भिम राई लगायतका महानुभावहरु संगै केक काटेर जन्मदिन मनाए र सबैलाइ आफ्नो हातले खाजा तथा क्विक्स चिजबल्स वितरण गरिन ।

?

सबै बालबालिका तथा बृद्ध अपांगहरुलाई जन्मदिनको अवसरमा आफैले खुवाउन पाउँदा अत्यधिक खुसि बढेको  र भबिस्यमा पनि आफ्नो बलबुताले भ्याए सम्म सहयोग का हातहरु बढाइरहने इक्साले बताए।

यस्तै स्वच्छ मन भएका युवा पिढीहरुको सहयोगले अपांग पुनर्स्थापना केन्द्र चलिरहेको केन्द्रका अध्यक्ष भिम राईले बताउनु भयो । सानो भन्दा सानो सहयोग पनि यहाँ आश्रित बालबालिका तथा बृद्ध ,असक्तहरुको लागि ठुलो सहयोग रहेको अध्यक्ष राईले बताउनु भयो ।

?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू