अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

गीतकार अम्बिका गुरुङको २ वटा तिज गीत सार्वजनिक-मिथिला शर्मा र रीना थापा मगरको शशक्त अभिनय

बिआरटीनेपाल २०७४ साउन २७ गते ५:२५ मा प्रकाशित

गीतकार अम्बिका गुरुङले रचना गरेका दुई भिन्न शैलीका तीज गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् । ती मध्ये रज्नी राईको स्वरको गीत ‘आएनौ छोरी…’ भावुक शैलीको छ भने आभा मुकारुङ र कला राईको स्वरको ‘तीज आयो है…’ गीत नृत्यपरक छ । संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध दुबै गीतका म्युजिक भिडियोहरु संगीतकार लेप्चाले नै निर्देश्ँन गरेका हुन् ।

लेप्चाले नै दुबै गीतमा संगीत संयोजन समेत गरेका छन् । भावसागर इन्टरटेन्मेन्ट एलएलसीको यूट्युब च्यानलबाट दुबै भिडियो सार्वजनिक भएका हुन् ।
आएनौ छोरी गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री मिथिला शर्माले मर्मस्पर्शी अभिनय गरेकी छिन् । उक्त गीतमा गीतकार गुरुङले तीजमा छोरी माइती घर नआएको वेदनालाई शब्दमार्फत व्यक्त गरेकी छिन् । शिबदास गुरुङद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियो जोहन योञ्जनले छायांकन गरेका हुन् भने राजन कार्की यो भिडियोका सम्पादक हुन् । भिडियोमा अभिनेत्री मिथिला शर्मासहित क्रिस्टिना लेप्चा तथा कुसुन गुरागाईंले अभिनय गरेका छन् ।


तीज आयो है…गीतमा पनि शिवदास गुरुङकै कोरियोग्राफी छ । यो भिडियोमा रीना थापा मगर तथा नृत्यांगनाहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायांकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया