अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

तिजको कार्यक्रमसगैं गायिका उषा किरण अधिकारी सम्मानित हुने

बिआरटीनेपाल २०७४ साउन २६ गते १५:४७ मा प्रकाशित

कोलोराडो, अनेसास कोलोराडो च्याप्टरले यही अगष्ट -१२ मा भब्यरुपमा तिज विशेष कार्यक्रम आयोजना गर्ने भएकोछ । कोलोराडोको थ्रोटन सहरमा हुन लागेको सो कार्यक्रममा लोकप्रिय गायिका उषाकिरण अधिकारीलाई च्याप्टरको तर्फबाट सम्मान गरिने भएको छ ।

कोलोराडोमा भएका सबै नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू कलाकार, साहित्यकार,पत्रकार, बुद्धिजीवीहरूको बाक्लो उपस्थिति हुने साथै महिलाहरूलाई प्राथमितामा राखेर केही मनोरन्जनात्मक नृत्य र साहित्यिक रचना वाचन हुने अनेसास कोलोराडो च्यापटरका महासचिव गौतम सागर राईले बिआरटी नेपाललाई जानकारी दिएका छन् ।

समय – ३ बजे बेलुका
मिती – अगस्त १२ तारिक

स्थान –
Club House view point condominiums
10211 Ura lane Thornton
Co 80260

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू