अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

न्युयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणार्थ श्रीमद भागवत महापुराण ,न्युयोर्कबासि उत्साहित

बिआरटीनेपाल २०७४ साउन २५ गते २०:२६ मा प्रकाशित

अमेरिकाका कै गैर मुनाफा सामाजिक संस्थामा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्युयोर्कमा स्थापना भएको चिर परिचित मुनाफारहित सामजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ l यस खुसीको खबरले न्युयोर्कबासि खुसी भएका छन् भने न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरू पनि उत्साहित भएका छन् l आगामी अगस्त २३ बुधवार देखि अगस्त २९ ,मङ्गलवार सम्म हुने भएको छ l कार्यक्रम साँझ ४ बजे देखि रति १० बजे सम्म गरिने छ l 

संस्थाले दिनानुदीन बढदै गई रहेको नेपालीहरूको आगमन र अमेरिकामा जन्मेका हुर्केका बालबालिकालाई सांस्कृतिक केन्द्रका माध्यमद्वारा एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस भन्ने उद्देश्यले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ सप्ताहब्यापी ऐतिहासिक दोस्रो बृहत् श्रीमद्भ भागवत पुराणको आयोजना गरिने भएको हो l

वाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा आयोजना हुने भएको छ l यसको लागि १००८ मूल समारोह समिति गठन गरिने भएको छ भने संयुक्त राज्य अमेरिकाका सम्पूर्ण राज्यका महानुभावहरुलाई प्रतिनिधित्व गराइने भएको छ l यसको साथै नेपाल सरकारका प्रतिनिधि तथा न्यूयोर्कका नगर प्रमुख तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने समेत योजना रहेको छ l 

यसको साथै १०८ कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिने छ भने दैनिक ५०० देखि १००० जना सम्म कार्यक्रम स्थलमा उपस्थित गराईने जनाएको छ l समाजले नजिकका राज्यबाट आउने भक्तजनहरुको लागी सुलभ बसको व्यवस्था मिलाइनुको साथै दैनिक उपस्थित ५०० देखि १००० जना सम्मलाई भोजन प्रसादको व्यवस्था मिलाइने जनाएको छ l

बाहिरबाट आउनेलाई कार्यक्रम स्थल सम्म तथा बसस्टप देखि कार्यक्रम स्थल सम्म सुलभ यातायातको व्यवस्था मिलाइने भएको छ भने दैनिक ३०० देखि ५०० जनासम्म चन्दादाता महानुभावहरुलाई प्रसंशापत्रद्वारा सम्मान गरिने समेत जनाएको छ l

समाजले दैनिक छुट्टै विशष्ट व्यक्तित्वहरुलाई प्रमुख आतिथ्यको व्यवस्था गर्दै २१ वटा विभिन्न उप—समिति गठन र कार्य विभाजन गर्ने जनाएको छ l

कार्यक्रम अवधि भर निर्माणका लागी करिब १० (दस लाख) डलर सङ्कलन गर्ने उद्देश्यले आयोजना हुन लागी रहेको यस ऐतिहासिक दोस्रो भागवत बृहत् महापुराणमा सबैलाई चुलो निम्तो गरेको छ l

स्मरण रहोस् रिजउड नेपाली समाज विसुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइ पर्ने विविध समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले सन् २००३ मा दर्ता भई कानुनी मान्यता प्राप्त गरेको छ l

संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी करिब ५००० वर्ग क्षेत्रफल भएको आफ्नै स्वामित्वमा रिजउडमा जग्गा २०११ं मा खरिद गरेको छ l कार्यक्रम सत्यनारायण मन्दिरमा हुने छ l

 

प्रतिक्रिया