अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

बोष्टनमा सात दिने सप्ताहा भब्य रुपमा शुरु, पहिलो र दोश्रो दिन मै २,६९,९७६ डलर सँकलन

बिआरटीनेपाल २०७४ साउन २४ गते ८:१३ मा प्रकाशित

अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊन लागि परेको सँस्था पशुपतिनाथ बुद्द फाऊण्डेशन को सहयोगार्थ सप्ताहा मुल आयोजक समिति व्दारा आयोजित “ बोष्टन सप्ताहा २०१७ “ मा हिजो र आज गरि दुइलाख ऊनन्सत्तरि हजार नौ सय छहत्तर डलर सँकलन भएको छ । पहिलो दिन हिजो बृहद कलश यात्रा गरि सप्ताहाको थालनी गरिएको थियो ।

।पुर्ब घोषित कार्यक्रम अनुरुप अत्यन्त ऊत्साहका साथ मिस्टिक भ्याली पार्क वे को बिशाल पार्कमा करिब दुइ हजार नेपालीहरु सहभागी भै सुन्दर सभ्य र सभ्य रुपमा कलश यात्रा गरिएको थियो । कलश यात्रा पछि सप्ताहा हल शिबालय मन्दिरको दुर्गा हलमा पुगेर बिधिबत श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव को ऊदघाटन गरिएको थियो ।

हिजोको कलश यात्रामा कहिल्यै नजुटेको नेपाली सहभागिता जुटेको देखिन्थ्यो । आकर्षक नेपाली पहिरन नेपाली भेषभुषा सहित अमेरिकाको बिभिन्न राज्याबट नेपालीहरु आएका थिए । यति बिशाल सँख्यामा नेपालीहरु जुटेर थालनी गरिएको सँभवत यो पहिलो कार्यक्रम हो बोष्टनमा । । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख बाचक रहेको बोष्टन सप्ताहा २०१७ को लागि नेपालीहरु तिन महिना देखि तयारीमा जुटेका थिए । यहा क्रियाशिल सबै नेपाली सँघ सँस्थाका पदाधिकारीहरु, सम्पुर्ण नेपाली समाजसेबी हरु एक ढिक्का भै सप्ताहा सफल पार्न लागि परेका छन ।

मुल आयोजक समितिले जिम्मेवारीलाई बाडफाड गरि समिति ऊपसमिति र स्वयँसेबक टिम बनाएको छ यसमा नेपाली हरु दिन रात नभनि जुटेका छन , सप्ताहा हल अति सुन्दर बनाईएको छ । खाना प्रसाद को हरेक दिन ब्यबस्था गरिएको छ । आऊन र जान सटल बसको ब्यबस्था गरिएको छ ।

बोष्टन सप्ताहा हिजो र आज दुबै दिन हाऊस फुल भयो ।हिजो पहिलो दिन १२७५८६.०० डलर र आज दोश्रो दिन १४२३९० .०० गरि २६९९७६.०० दान सँकलन भएको छ धेरैले पाच हजार डलर दान गर्नु भएको छ भने हाल सम्म सबैभन्दा बढि दिनेको दान रकम एघार हजार एक सय एघार रहेको छ । सबै दानबिर को बिबरण शिघ्र प्रकाशित गर्ने जनाईएको छ । नेपालीलाई नेपाली साँस्कृतिक केन्द्र , नेपाली सामुदायिक केन्द्र चाहिएको थियो सहि बेलामा सहि कार्यक्रम भयो सक्दो दान गर्नु पर्छ भन्ने भावना ग्रेटर बोष्टन का नेपालीमा पलाएको छ ।

‘सक्नेले धेरै दान गरौ नसक्नेले थोरै गरौ केहि न केहि त अबश्य गरौ कोहि नछुटौ’ भन्ने नारा घर घर मा लगाइएको छ । नेपाली एकता नेपाली पहिचान नेपाली कला धर्म सँस्कृतिको लागी कम्युनिटि सेन्टर अत्याबश्यक भएको बेला सप्ताहा महायज्ञ शुरु भएको हुदा छिमेक राज्यबाट समेत नेपालीहरु सहभागी भै दान गर्न थालेका छन । पन्ध्र लाख डलर सँकलन गर्ने लक्ष्य राखिएको यस महायज्ञमा हरेक दिन भक्तजन बढने सँकेत मिलेको छ ।

यतिबेला बोष्टन सप्ताहामय भएको छ । हरेक नेपालीहरु सप्ताहामय भएका छन सप्ताहा लागेको छ नेपालीलाई । सप्ताहा अगष्ट ६ देखि १२ तारिख सम्म दिऊसो १२ देखि राति १० बजेसम्म सम्म सँचालन हुने छ ।

फोटो : सान प्रधान, बिजय तामाङ

प्रतिक्रिया