अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

जितेन्द रसिकको ‘जवानीको झोंक’ सहित भुवन सुप्तिहाङको ‘सम्मान मेरो’ गीति एल्वम सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन २४ गते ६:२२ मा प्रकाशित

गायक भुवन सुप्तिहाङराईको पाँचौं गीति एल्वम ‘सम्मान मेरो’ सार्वजनिक भएको छ । सोमवार नेपाल प्रज्ञाप्रतिष्ठानमा वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले गायक राईको गीति एल्वम सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोल्दै वाङ्मय शताव्दी पुरुष जोशीले गायक राईको संगीत नेपाली गीत संगीतको क्षेत्रमा फरक विशेषता बोकेका गीतहरु लिएर आएको बताउनु भयो । त्यस्तै गीतकार बुद्धवीर लामाले गायक सुप्तीहाङ राई नेपाली सुगम संगीतको क्षेत्रमा निकै मेहेनतका साथ स्थापीत भएका लोक प्रिय गायक राईले गाउने गरेका गीतहरु के बालक के युवा र प्रौढ सबैको मन छुने भएकाले पनि पछिल्लो समय भुवनका गीतहरुबारे चर्चा हुने गरेको बताए । कार्यक्रममा पत्रकार गीतकार तथा चलचित्र निर्देशक डव्वु क्षेत्रले गायक राईका गीतबारे प्रकास पारेका थिए । दुइ दसक देखी गायन क्षेत्रमा सक्रीय राईले संगीत क्षेत्रमा गर्नुपरेका संघर्ष र अनुभूती सुनाएका थिए ।

सम्मान मेरो एल्वममा गीतकार तथा गजलकार जितेन्द्र रसिकको शव्द ‘थाहा छैन जावनीको झोंकमा के के भयो’ , बुद्धवीर लामाको दिनमा घाम राम्रो रातमा जून राम्रो, विश्वकाजी राईको शव्द आउँदो रहेछ जिन्दगीमा यस्तो मोडहरु, गोपाल दाहालको ‘मनै तान्यो भेंडेटारले’ मुकेस राईको शव्द कोहि नाम भएर बदनाम यहाँ, अनोज रोकाको शव्द ‘सुमधुर भाका भन्दा गाँजलु आँखा राम्रो’ गायक स्वयंको शव्द ‘तिमीले संसार जित्यौं भन्दा म धेरै खुसी भएँ’ दाकिला लामाको ‘कहिले हाँसो कहिले रोदन’ प्रेम चेम्जोङको ‘तम्रो विहेको कुरा सुनें’ र जेबी संयोगीको ‘बारपाक गाउँ मेरै’ सहित १ बोनस गीत सहित ११ गीत संग्रहित रहेका छन् । कार्यक्रममा सम्मान मेरोका गीतकारहरुलाई वाङ्मय शताव्दी पुरुष जोशीले मायाको चिनो प्रदान गरेका थिए भने परि सिने संगीत प्रालिको अध्यक्ष समेत रहेका गायक राईले वाङ्मय शताव्दी पुरुष जोशीलाई सम्मान गरेका थिए ।

उदयपुर जिल्लाको बसाहा जिल्लामा बुबा जङ्गराज राई र स्व.आमा परिमाया राईको जेठो छोरा राई डेढ दशक देखी नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन् । राईले अहिले सम्म ३ सय ५० गीतहरुमा संगीत गरिसकेका छन् । गीति एल्वम, चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिइसकेका छन् । उनको यस अघि ‘तिम्रो मायाँ’ – २०६०,‘सजेसन’ – २०६५, ‘मायाँको फूल’ – २०६७‘बदनाम’ – २०६९, ‘सम्मान मेरो’ – २०७४ मा सार्वजनिक भइसकेका ५न् । सम्मान मेरो गायक राईको पाँचौं सोलो एल्वम हो । गायक राई भन्छन् –सँगीत क्षेत्रमा आउन एकदमै मेहेनत गर्न आवश्यक छ । मेहेनत र साधना विना यो क्षेत्रमा टिक्न गाह्रो छ । हतारमा एल्वमकै लागि मात्रै गीत नगाउन् । हामीले गाइएका गीतहरु त्यस्तो होस जुन सुनेर थकित बटुवाहरु सुस्ताएर मग्न होउन् । रुखका चरीहरुले समेत पखेटा फिँजाएर आनान्द महसुस गरुन । निन्द्रामा रहेका निन्द्रालुहरु व्युझिउन् गीत र गजलले अब मानिसहरुलाई आसाबादी बनाउन जरुरी छ । ’ सृष्टी,प्रेम, जीवन,प्रकृती, यी सबै मानिसकै लागि भएककाले गीत बाटै गायक,गायीकाहरुले मानव सद्भाव र सम्बन्ध बलियो पार्ने भूमिका खेल्न आवश्यक रहेको बताए ।

कार्यक्रम गायिका तथा संचारकर्मी योजना पुरीले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू