अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

चलचित्र ‘तिहारको टिका’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन २२ गते २२:०७ मा प्रकाशित
रजतपटमा चलचित्रहरु आउने क्रम जारी नै छ यसै क्रममा पारिवारिक चलचित्र निर्माण भएको छ।नेपालीहरुको महान चाड तिहार अर्थात् दीपावालीलाई आधार मानेर “तिहारको टिका” चलचित्र निर्माण गरिएको स्रोत जनाएको छ।
एक्सन फिल्मको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई लेखन तथा निर्देशन गरेका छन अशोक सुनुवारले भने उक्त्त चलचित्रमा कलाकारहरु उमेश, हर्षित रिजन, सुरेश गुरुङ, सपना लामिछाने, दिक्षा रैला,बिमला गिरि आदिको अभिनय रहेको छ। यस चलचित्रमा शंकर अधिकारी घायल, टिबि पाखृनको संगीत रहेको छ भने नित्याशिब, प्रलाद तिमल्सिना, तिर्थराज सेढाई र पबित्रा गुरुङको आवज रहेको छ। सम्पादन तथा छायांकन युबराज खत्रीको रहेको यस चलचित्रलाई टिबि पाखृनले निर्माण गरेका हुन। तिहारको टीका चलचित्रको ट्रेलर हालै हाईलाईट नेपालको युटुब मार्फत सार्बजनिक गरिएको छ।

प्रतिक्रिया