अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

गौरी जोशी एनआरएन निर्वाचनका लागी योग्य रहेको विशेष समितीको ठहर

बिआरटीनेपाल २०७४ साउन २२ गते १:२८ मा प्रकाशित

एनआरएन अमेरिकाको बिवाद निरुपणका लागि गठन भएको विशेष समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा गौरी जोशी उम्मेदवार बन्न योग्य भएको ठहर गरेको छ । अमेरिकास्थित एनआरएनको निर्वाचन समितिले अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम हटाइएपछि उत्पन्न विवाद समाधानका लागि गठीत विशेष समितिले जोशी एनआरएन अमेरिकाको उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको हो ।

गैर आवाशीय नेपाली संघ, ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालका लागि जारी निर्वाचनमा अध्यक्ष उम्मेदवार रहेका गौरीराज जोशी उम्मेदवारीका लागि विधानत योग्य नरहेको भन्दै निर्वाचन आयोगले उनको नाम प्रकाशित नगरेको कारण उत्पन्न विवाद समाधान गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा गत आइतवार सम्पन्न भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा तीन सदस्य रहेको कार्यदल गठन गरेको थियो। जसमा संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेका थिए ।
समितिका सदस्य विश्वआर्दश पण्डितका अनुसार समितिले शनिवार साँझ आफ्नो पूर्ण प्रतिवेदन गैरआवासीय नेपाली संघ समक्ष पेश गरेको हो । समितिका तीनै जना सदस्यले संकलन गरेको राय र प्रमाणका आधारमा समितिले अन्तिम निष्कर्ष निकालेको बताएको छ ।

समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको स्थापान र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्वन्धमा करिब ३० पेज लामो प्रतिवेदनमा ३२ वटा दस्तावेज सहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको बताएको छ । समितिले आफ्नो प्रतिवेदन पेश गर्नुअघि अध्यक्ष शेष घले लगायतका गैरआवासीय नेपाली संघका पदाधिकारी समेतसँग परार्मश गरेको थियो ।समितिको प्रतिवेदन बमोजिम अब जोशीलाई समेत निर्वाचनमा समावेश गरेर मात्र एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

स्मरण रहोस संघको अमेरिकास्थित निर्वाचन आयोगले यस अघि अध्यक्ष प्रत्याशी गौरिराज जोशीलाई विधानत एक कार्यकाल काम गरेको खुल्ने प्रमाण प्रस्तुत गर्न भनेपछि संघका केन्द्रिय महासचिव बद्रि केसीले उनको योग्यता खुल्ने प्रमाणित पत्र निर्वाचन आयोगलाई उपलब्ध गराएका थिए तर लगत्तै अध्यक्ष शेष घलेले क्षेत्रीय संयोजक सोनाम लामाको आग्रहमा निर्वाचन आयोगलाई अर्को पत्र लेखी महासचिव केसीको पत्र बदर गरेका थिए । यद्यपि प्रमूख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालले अध्यक्ष प्रत्याशी गौरिराज जोशीको एक कार्यकाल खुल्ने प्रमाण आफुले प्राप्त गरेको बताउदै २९ जुलाई, २०१७ प्रकाशित गरिने उम्मेदवारी नामावलीमा जोशीको नाम समावेस गरी प्रकाशित गर्ने इमेल प्रेषित गरेपनि हिंजो अवेर राती आयोगले प्रकाशित गरेको उम्मेदवार नामावलीमा जोशीको नाम प्रकाशित गरिएको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू