अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

एनआरएन अमेरिका चुनावमा बोर्ड अफ डाइरेक्टरका उम्मेदवार – कृष्ण लामिछाने

बिआरटीनेपाल २०७४ साउन २१ गते १५:१५ मा प्रकाशित

टेक्सस (अमेरिका) – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा कृष्ण लामिछानेले पनि उम्मेदवारी दिएका छन् ।

लामिछाने गोरखाबाट १६ वर्ष अघि अमेरिका आएका हुन । नेपालमा रहदा पनि व्यवसाय सँगसँगै समाजसेवामा सक्रिय लामिछाने अमेरिका आएपछि पनि समा सेवामा निरन्तर तल्लिन छन् । नेपाली समाज टेक्सासका वर्तमान अध्यक्ष लामिछाने, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापति, नेपाली जन सम्पर्क समितिको संस्थापक महासचिव, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटि सकेका छन् ।

कुराकानीको क्रममा लामिछानेले भन्छन्, “समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु, सबैको साथ र समर्थन पाउने विश्वास लिएको छु ।”

स्पष्ट वक्ता, मिलनसार स्वभाव तथा समाज सेवा प्रतिको लगावका कारण सबैमाझ लोकप्रिय लामिछाने बोर्ड डाइरेक्टरमा सबैभन्दा बलियो उम्मेद्धार भएको चर्चा अमेरिकामा चलेको छ । लामिछानेले प्रवासमा नेपाली भाषा संस्कृतिको संरक्षणका लागी डालसमा नेपाली पाठशालाको पनि सुरुवात गरेका छन् । उनलाई डालस तथा वरिपरि मिसन र भिजन सहित अगाडी बढ्ने व्यक्तित्व भनिएर चिनिने गरिएको छ ।

लामिछानेले एनआरएन मार्फत समाजसेवालाई बृहत्तर बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी रहेको बताएका छन् । उनले गत वर्षको भूकम्प प्रभावितका लागी राहत सङ्कलनमा सक्रियता देखाएका थिए ।

प्रतिक्रिया