अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित

बिआरटीनेपाल २०७४ साउन २१ गते १४:२६ मा प्रकाशित

बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित काठमाडौँ: बरिष्ट समाजसेवी सुमित्रा बस्नेत जागृति सामाज नेपाल द्वारा आयोजित कार्यक्रममा विशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित भएकी छिन l जागृति समाज नेपालले गरेको विशेष नागरिक सेवा सम्मान २०७४ तथा बृहत् सास्कृतिक समारोहमा आयोजित भव्य कार्यक्रममा बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीको हात बाट उक्त समान पाएकी हुन l

राष्ट्रिय जीवनका विविध क्षेत्रमा तल्लिन रहेर समाजमा शान्ति र सहिष्णुताका लागि आफ्नो पुरै जीवन समर्पण गर्दै नेपाल राष्ट्र मातृभूमिलाई पुर्याएको अतुलनिय योगदान स्वरूप उनलाई यो विशेष सम्मान गरिएको थियो l विगत दुई दशक देखि सेवा मूलक व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भई वित्तीय क्षेत्रमा तथा विभिन्न सङ्घ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्त्वपूर्ण भूमिका निर्बाहा गरेको योगदान स्वरूप तथा महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक सङ्घ संस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरूप बस्नेतलाई जागृति नेपालले उनको कार्यलाई उच्च मूल्याङ्कन गर्दै विशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो l 
उक्त अवसरमा सुमित्रा बस्नेत लागायत सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, वित्तीय क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वहरु लाई पनि सम्मान गरिएको थियो l l उक्त कार्यक्रमको सभापतित्व जागृति नेपाल क्लबका अधक्ष्य केशबराज दाहालले गरेका थिए l सामाजिक कार्यमा सधैँ अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको विशिष्ट योगदान स्वरूप बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले यो भन्दा अगाडी पनि विभिन्न दर्जनौ राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू