अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

एन आर एन अमेरिकाको मतदाता नामावलीमा नाम आफ्नो इमेल अर्कैको

बिआरटीनेपाल २०७४ साउन २१ गते १४:१९ मा प्रकाशित

अमेरिका, ५ अगस्ट / एन आर एन अमेरिकाको २०१७-२०१९ कार्यकालको लागि हुने चुनावमा प्रकाशित मतदाता नामावलीमा इमेल अरू नै राखिएको जानकारी नकुल श्रेष्ठले दिएका छन् । लस एञ्जलस निवासी श्रेष्ठ २०१३ देखि आजीवन सदस्य भई २०१४ र २०१५ मा भोट समेत हालेका थिए । आफूले सिम्प्ली भोटिङ्ग बाट मतदानको लागि आफ्नो वास्तविक इमेलमा आएको लिंक समेत उनले उपलब्ध गराएका छन् । २०१५ को चुनावमा समेत आफ्नो इमेलमा मतदान गर्ने लिंक नआए पश्चात् तत्कालीन अध्यक्षलाई फोन गरे पश्चात् भोलिपल्ट लिंक आइ भोट हालेको समेत उनले जानकारी दिए ।

एक व्यक्तिको नामावलीमा इमेल परिवर्तन गरिएको भन्ने हल्ला चलिरहेको अवस्थामा अन्य कतिको परिवर्तन भएको छ भन्न सकिने अवस्था छन् । सबैले आफ्नो नाम र वास्तविक इमेल जुन भोटर लिस्टमा राखिएको छ रुजु गर्नु पर्ने देखिएको छ । अन्यथा नाम आफ्नो हुँदा हुँदै पनि भोट हाल्ने लिंक इमेलमा आउने हुँदा अर्कोले हाल्ने छ ।

त्यसो त भेरिफिकेशन गरिएको भनिएका नामहरुमा समेत एउटै नाम र इमेल देखिने तथा मिल्दा नाम तर फरक इमेल राखी दुई पटक मतदान गर्न खोजेको जस्तो समेत देखिएको छ । एन आर एन अमेरिकाको वेबसाइटबाट हुबहु देखिने केही नामको स्क्रिनसट समेत तस्बिरमा हेर्न सक्नुहुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू