अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

गौरी जोशी टिमको अन्तरक्रिया कार्यक्रम लस एन्जलसमा सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २१ गते ११:५८ मा प्रकाशित

एनआरएन अमेरिकाको २०१७-२०१९ कार्यकालको चुनावको प्रचारप्रसारका लागि गौरी जोशी टिमले आज साउदर्न क्यालिफोर्नियाको आर्टेसिया सहरमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । चुनाव आगामी अगस्ट ११ र १२ तारिखमा हुने कार्यतालिका रहेको छ ।

आफूले एनआरएनको कार्य गर्ने न्याकमा एककार्यकाल काम गरिसकेको र अमेरिकाको विधान अनुसार दुई वर्षदेखि सदस्य भएको व्यक्ति चुनाव लड्नको लागि योग्य भएको हुने हुँदा आफ्नो नाम किन अन्तिम उम्मेदवारहरुको सूचीमा परेन बुझ्न नसकेको बताए । संस्थालाई गतिशीलता प्रदान गर्न आउने जोकोहीलाई पनि चुनाव लड्न दिनु पर्छ, कसैलाई पनि छेकवार गरिनु हुन् भन्दै एनआरएनएद्वारा गठित समितिले आफूलाई चुनाव लड्नको लागि दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, आइसीसी सदस्य दिल बहादुर श्रेष्ठ, एनआरएन सह-सचिव संगीता लम्साल सिवाकोटी, समाजसेवी बेदभक्त जोशी, नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठक, पशुपति फाउनडेशनका अध्यक्ष भक्त थापा, प्रवासी मञ्चका अध्यक्ष विजय कटुवाल, एएनएसका अध्यक्ष चिरन्जीवी गौतम, गुरुङ समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र एनआरएनएका पूर्व आइसीसी सदस्य राजेन्द्र सिवाकोटीले उम्मेदवारहरुलाई शुभकामना प्रदान गरेका थिए ।

उपाध्यक्ष उम्मेदवार उमा कार्की थापाले संस्थालाई गतिशीलता, पारदर्शी र विवादरहित बनाउने उद्देस्यसाथ् आफूहरू चुनावमा आएको र व्यक्तिगत भन्दा हाम्रो टिमको संयुक्त घोषणापत्र रहेको समेत उल्लेख गर्नु भयो । सो कार्यक्रममा जोशी समूहबाट महासचिव पदमा उम्मेदवारी दिएका पूर्ण बानियाँ, महिला संयोजक पदका उम्मेद्वारहरु इन्दिरा त्रिपाठी र लक्ष्मी खरेल, सदस्य पद्का उम्मेद्वारहरु कर्ण चन्द, सञ्जय थापा, विश्व शाहा, सुवर्ण पोख्रेल, प्रीति सागर खत्री र विश्व सुबेदीले आफ्नो परिचय दिएका थिए ।

उम्मेद्वारहरु निर्वाचन समितिले अगस्ट ३ मा प्रकाशित गरेको अन्तिम उम्मेदवारहरुको सूचीमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीको नाम समावेश भएको छैन । गौरी जोशी अमेरिकाको विधान अनुसार निर्वाचन लड्न योग्य छन् भने एनआरएन केन्द्रले जोशीले अमेरिकाको एनआरएनमा एक कार्यकाल काम नगरेको हुँदा केन्द्रको विधानअनुसार चुनाव लड्न नपाउने बताइएको छ । गौरी जोशी समूहका महासचिव उम्मेदवार पूर्ण बानियाको नाम समेत अन्तिम नामावलीमा समावेश भएको छैन ।

फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार उमा कार्की थापाले स्वागत मन्तव्य दिनु भएको थियो भने नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाईले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू