अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

अमेरिकी आप्रवासी भोगाईको यथार्थ चित्रण बिजय राज शर्माको उपन्यास ‘भास’ बिमोचित

बिआरटीनेपाल २०७४ साउन २१ गते ९:४९ मा प्रकाशित

बिजय राज शर्माको उपन्यास भास बिमोचन गरिएको छ । बिगत २६ बर्ष देखी अमेरिकामा रहँदै आएका शर्माको आख्यान भास शनिबार राजधानीको सर्वनाम थिएटरमा बिषेश समारोहका बिच बिमोचन गरिएको हो ।

आफ्ना जवानीका दिनहरुमा अमेरिका भासिएका उपन्यासकार शर्माको आज सम्मको अमेरिका बसाईको अनुभवमा देश छोडेकाहरुको समस्या, प्रवाशमा देश खड्कने कुरा र चाहँदा चाहँदै पनि कसरी मान्छे देश फर्कन सक्दैन भन्ने बाध्यता र यहि बाध्यताले बर्षैं बर्ष सम्म परदेशमै भासिन्छ मान्छे भन्ने यथार्थता हो उपन्यास भाष । जसमा अमेरिकामा रहेका नेपालीहरु मात्र होईन अमेरिका भासिएका बिभिन्न मुलुकका मानिसहरुको साझा कथा भेटीन्छ ।

उपन्यास भासको प्रकाशनको जिम्मा लिएको शिखा बुक्सका पुष्प राज पौडेलको सभापतित्वमा भएको कृती लोकापर्ण समारोहमा साहित्कारहरु निलम शर्मा निहारिका, नयन राज पाण्डे र अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले उपन्यास भासका बारेमा शमिक्षत्मक धारणा राखेका थिए भने उपन्यासकार बिजय राज शर्माले भास लेखनको पृष्ठभुमी देखी प्रकाशन सम्मका आफ्ना अनुभव सुनाएका थिए ।

अमेरिकाको कोलोराडो युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक रहेका उपन्यासकार शर्माले आफ्नो उपन्यास लेखनलाई प्रोत्साहित गर्ने कृष्ण मुरारी ढुंगेल, नयन राज पाण्डे लगायत आफ्नी धर्मपत्नी प्रमिला शर्मालाई पनि धन्यवाद दिएका थिए ।

कृतिकी समिक्षक आख्यानकार निलम शर्मा निहारिकाले उपन्यास भासले आप्रवाशी मनोदसालाई अत्यन्त शशक्त रुपले उठान गरेको र माओवादी द्वन्दकालिन अवस्थाले नेपाली युवा जमातमा पारेको असरबारे पनि उठान गरेको बताउँदै मनमा देश संधै बोकेर अमेरिका बस्ने नेपालीहरुलाई लाग्ने बिभिन्न सतही आरोपहरु भन्दा त्यहाँ बस्नु पर्ने धेरै गहिरा बाध्यताहरु रहेको आफ्ना अनुभवहरु समेत साटेकी थिईन् ।

त्यस्तै अर्का वक्ता साहित्यकार नयन राज पाण्डेले पनि उपन्यास भासको शिर्षक नै आफैंमा असाध्यै सार्थक रहेको भन्दै बिजय राज शर्माको औपन्याकि यात्राको पृष्टभुमी र उपन्यासको शशक्त पक्षहरुमाथी आफ्ना बिचार राखेका थिए भने अर्का वक्ता राधेश्याम लेकालीले नेपाली साहित्मा उपन्यास भास एउटा बलियो कृतीका रुपमा आएको बताए ।

सस्टा कमल सरगमले सञ्चानल गरेको कार्यक्रममा उपन्यासकार शर्माका सहपाठी र सहकर्मीका साथै नयाँ पुराना साहित्यकार र साहित्य अनुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू