अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

गायक किरण भुजेलको ‘बरिलै’मा नायक पल शाहको रोमान्स जुना सुन्दाससंग (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन २१ गते ०:२३ मा प्रकाशित
चलचित्र ‘म यस्तो गित गाउँछु’ बाट नेपाली चलचित्रमा थप उचाइ बनाएका नायक पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चलचित्रको पर्दामा नायिका पुजा शर्मासँग अँगालोमा बेरिएका पलले म्युजिक भिडियोमा भने मोडल जुना सुन्दाससँग रोमान्स गरेका छन् ।
म्यूजिक भिडियो बाट नै स्टार बनिसकेपछि चलचित्र यात्रा तय गरेका पल नौ महिना पछि नयाँ म्युजिक भिडियोमा फर्किएका हुन् । यस अघि विकास सुवेदीको निर्देशनमा मुस्ताङ्मा छायांकन भएको देउराली ‘भञ्ज्यांग २’ मा लभर ब्वाईका रुपमा पर्दामा आएका पल यो पटक किरण भुजेलको गीत ‘बरिलै’मा डान्सिङ मुडमा देखीएका छन् ।
भिडियो निर्देशक विकास सुवेदीले ‘बरिलै पल शाहको पुर्णरुपमा डान्स समावेश भएको यो नै पहिलो भिडियो भएको भएको बताए । डि.पी. खनालका शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ ।

प्रतिक्रिया