अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

दुबईको ७९ तले ‘टर्च टावर’मा भिषण आगलागी

बिआरटीनेपाल २०७४ साउन २० गते ३:०८ मा प्रकाशित

दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ  । पछिल्लो दुई वर्षमा यो  टावरमा  आगो लागेको दोस्रो पटक हो ।

टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीमा उल्लेख छ । विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन ।

सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ  । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका  सामग्रीहरु खसेको छ ।

सरकारी मिडिया अफिसले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते भएको खबर नआएको जनाएको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । ​

सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा  क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४०औं अग्लो भवन हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावरमा ६७६ फ्ल्याट रहेका छन् । भवनको आठौं तलामा पार्किङ र स्विमिङ पुल रहेको छ । यो भवनमा दुई बेडरुम सहितको फ्ल्याटको मूल्य झण्डै पाँच करोड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू