अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

एसएसपी सर्वेन्द्र खनाल सडक सफा गर्दै

बिआरटीनेपाल २०७४ साउन २० गते २:५६ मा प्रकाशित

रत्नपार्कदेखि केशरमहल सम्मको दृश्य शुक्रबार (आज) बिहान अन्य दिनहरु भन्दा अलि फरक थियो । सडकमा मास्क लगाएर हातमा झाडु बोकेर आज बिहान नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीका जवान सडक सफा गर्न सडकमा उत्रिए । सडक सफा गर्न प्रहरी जवान मात्रै होईन महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल पनि सडक सफा गर्दै थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी खनालको प्रमुख अतित्थ्यमा रत्नपार्कदेखि केशर महलसम्म सरसफाई र वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल पुलिस, ट्राफिक र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा वृहत सडक सुरक्षा अभियान अन्तर्गत उक्त सरसफाई कार्यक्रमको आयोजना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू