अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

एनआरएन टेक्सस च्याप्टर सभापतिका युवा उम्मेद्धार विकाश उप्रेती

बिआरटीनेपाल २०७४ साउन १९ गते १९:५८ मा प्रकाशित

टेक्सस (अमेरिका)- गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिका टेक्सस च्याप्टर सभापतिका सशक्त युवा उम्मेद्धार विकाश उप्रेतीले सबैको साथ र समर्थन जुटाउदै जानुभएको छ ।

टेक्सासमा कन्सुलेट अफिस, समस्यामा परेका नेपालीहरूका लागी समस्या समाधान गर्न हटलाईन, आपत्कालीन कोष तथा युवा र विद्यार्थीहरुका हितका लागी विभिन्न योजना सहित टेक्सस च्याप्टर सभापतिमा उम्मेद्धारी दिएका युवा समाजसेवी उप्रेतीले निर्वाचन नजिकिए सँगै साथ र समर्थन जुट्ने क्रम जारी रहेको बताउनुभयो ।

नेपालीहरूको जनघनत्व धेरै भएका अन्य सहरहरूमा कन्सुलेट अफिस स्थापना भइसक्दा समेत टेक्सासमा अझै सम्म पनि कन्सुलेट अफिस स्थापना हुन सकेको छैन सबैभन्दा बढी चासो यसमा नै छ उप्रेतीले भन्नुभयो – ” टेक्सासमा कन्सुलेट अफिस स्थापना गर्न सक्दो पहल गर्न नै एनआरएन अमेरिकाका टेक्सस च्याप्टर सभापतिमा मेरो उम्मेद्धारी हो ।”

टेक्सासमा कन्सुलेट अफिसका लागी विभिन्न चरणमा छलफल भए पनि यसलाई मुर्त रूप दिन आफू अगाडी बढेको उप्रेतीले बताउनुभयो । टेक्सासमा रहेका अन्य नेपाली सङ्घ संस्थाहरुसंगको समन्वयलाई प्रभावकारी बनाउँदै समस्यामा परेका नेपालीहरूका लागी आपत्कालीन कोष र हटलाइन तथा युवा, विद्यार्थीहरुका लागी विभिन्न योजना बनाएर कार्यान्वयन गर्न आफू च्याप्टर सभापतिको उम्मेद्धार भएकोले सबैको साथ र समर्थनको अपेक्षा गरेको बताउनुभयो ।

नेपालको झापा घर भई करिब एक दशक देखी टेक्सासमा बस्दै आउनुभएका युवा समाजसेवी उप्रेतीले यहाँ रहँदा विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा सक्रिय हुनुहुन्छ । टेक्सासमा करिब ४०/५० हजारको सङ्ख्यामा नेपालीहरू भए पनि एनआरएनमा चासो नभएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै उप्रेतीले टेक्सासबाट एनआरएनमा सदस्यसंख्या बढाउन आफूले एनआरएन टेक्सस च्याप्टरमार्फत विभिन्न योजनाहरू अघि बढाउने सोच बनाएको बताउनुभयो ।

उप्रेतीसँगै टेक्सस च्याप्टर सभापतिमा भानु खरेल उम्मेद्धार छन । टेक्सस च्याप्टरसँगै एनआरएन अमेरिकाको निर्वाचन यही ११ र १२ तारिखमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया