अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

‘दोस्रो ग्लोवल नेपाली फिल्म अवार्ड’का लागि पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत अमेरिका आउँदै

बिआरटीनेपाल २०७४ साउन १९ गते ४:४७ मा प्रकाशित

दोस्रो खुम्बु खोल्च ग्लोवल नेपाली फिल्म अवार्डका लागि पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत अमेरिकाको कोलोराडो आउने भएका छन् । यहि अगष्ट १९ तारिक अर्थात भदौ ३ गते हुन लागिरहेको दोस्रो खुम्बु कोल्च ग्लोवल नेपाली अवार्डका लागि मन्त्री महत प्रमुख अतिथीका रुपमा अमेरिका आउने भएका हुन् । 

अवार्डको अन्तिम तयारीका रहेका अमेरिका स्थित आयोजक कमिटीका अनुसार अवार्ड समारोह अमेरिकाको कोलोराडो स्थित डेनभर शहरको होटल क्राउन प्लाजामा आउँदो अगष्ट १९ का दिन शनिवार दिउँसो ४:३० बजेबाट शुरु हुनेछ ।

गत बर्ष कात्तीक २७ गते सम्पन्न भएको ग्लोवल नेपाली फिल्म अवार्डको त्यो दोस्रो संस्करण हो । अमेरिकामा नै पहिलो नेपाली फिल्म अवार्डका रुपमा सुरु गरिएको ग्लोवल नेपाली फिल्म अवार्डलाई आगामी बर्षदेखी बिभिन्न राष्ट्रहरुमा आयोजना गरि विश्वव्यापी बनाउँदै लैजाने योजना रहेको अवार्ड संयोजक शैलेश पोखरेलले जानकारी दिएका छन् ।

अमेरिकामा नै पहिलो पटक नेपाली फिल्म अवार्डको सुरुवात गरिएको यस अवार्ड गत बर्ष पहिलो अवार्ड भएकाले धेरैले चासोका रुपमा हेरेका थिए भने यो बर्ष पनि पहिलो अवार्ड नै अत्यन्त सफल भएकाले दोस्रो ग्लोवल फिल्म अवार्ड अझै प्रभावशाली र भब्य हुने चर्चा सहित अमेरिकाबासी नेपालीहरु अवार्डप्रती उत्सुक छन् । गत वर्ष १२ विधाबाट सुरु गरिएको प्रत्येक वर्ष विधा बढाउने क्रमामा यो पल्ट २० विधामा अवार्ड दिने संयोजक पोखरेल बताउछन ।

पहिलो नेपाली अवार्ड सम्पन्न भएपछि नेपालमा रहेका कलाकार र दर्शकहरुलाई पनि अवार्ड समारोह देखाउनका लागि नेपाल पर्यटनन बोर्डमा बिषेश कार्यक्रमको आयोजना गरि अवार्ड समारोहको हाइलाईट स्क्रिनिंग देखाईएको थियो । सो कार्यक्र्रममा प्रमुख अतिथीका रुपमा आएक तत्कालिन परराष्ट्र मन्त्री महतले अमेरिकामा नेपाली फिल्म अवार्डको सुरुवात हुनु आफैंमा प्रंशसनिय काम भएको भन्दै नेपाली चलचित्र अन्तराष्ट्रियकरण हुँदै जानु राम्रो पक्ष भएको धारणा राखेका थिए ।

कार्यक्रममा नेपालबाट अनमोल के सी, भुवन के सी, टिका पहाडी, शिव श्रेष्ठ, सुनिल थापा, कृष्ण मल्ल, शर्मिला मल्ल, जितु नेपाल, माग्ने बुढा केदार घिमिरे, दीप श्री निरौला, राजेन्द्र शलभ, राम केसर बोगटी, मदु कुमार श्रेष्ठ, जादुगर महादेब त्रिपाठी, रबिन्द्र खड्का, केकी अधिकारी, प्रियन्का कार्की, रमेश बुढाथोकी लगायत अन्य थुप्रै कलाकारहरू कोलोराडो आउने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू