अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

टेक्ससको अष्टिनमा हरितालिका तिज भव्य रूपमा मनाइने

बिआरटीनेपाल २०७४ साउन १८ गते १६:५९ मा प्रकाशित

टेक्सस (अष्टिन)- हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजका अवसरमा टेक्ससको अष्टिनमा भव्य सांस्कृतिक कार्यक्रम गरिने भएको छ । अष्टिनका नेपालीहरूको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा तिजलाई भव्य बनाउन लागिएको हो । हरेक वर्ष हरितालिका तिजका अवसरमा कार्यक्रम गर्दै आएको ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष यही अगष्ट १९ तारिख शनिवार भव्य कार्यक्रम गर्न लागेको हो ।

अष्टिन स्थित एसियन अमेरिकन रिसोर्स सेन्टरमा बेलुका ५ बजेपछि सुरु हुने कार्यक्रममा तिज सम्बन्धी गीत गाउन चाहनेले गीतको बोल टिपाइदिन पनि आयोजकले सबै महिला दिदिबहिनीहरुमा आग्रह गरेको छ । नेपाली स्वादिष्ट परिकार समेत उपलब्ध गराइने कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन आयोजक ग्रेटर अष्टिन नेपाली सोसाइटीले सबैमा आग्रह गरेको छ ।

कार्यक्रमबारे थप जानकारीका लागी अनुशा ढकाल (512) 964-0743, रिता दवाडी (562) 290-9736, संस्कृति प्रधान (512) 923-6882, किर्तना बाँस्कोटा (512) 586-7960, रोशन सिंह (469) 585-2794, धर्मानन्द गौतम (512) 954-7259 र सुदिप दाहाल (512) 909-4583लाई सम्पर्क गर्न सकिने बताइएको छ । ग्रेटर अष्टिनको आयोजनामा १९ तारिख शनिवार भव्य सांस्ककृतिक कार्यक्रम हुने भए पनि आजभोली देखी ने अष्टिनका नेपाली महिला दिदिबहिनीहरुले समय मिलाएर सानो सानो ग्रुप बनाएर दर खाने कार्यक्रम जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू