अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

लसएन्जल्समा हरितालिका तिज भव्य रूपमा मनाईंदै

बिआरटीनेपाल २०७४ साउन १७ गते २०:१२ मा प्रकाशित

अगस्ट १, लस एन्जलस । अमेरिकाको लस एन्जलसमा हिन्दु महिलाहरूको महान् चाड तीज पर्व “हरितालिका तीज शुभकामना साँझ २०७४” यो वर्ष पनि भव्य रूपमा मनाईने भएको छ । नेपाल अमेरिका एकता समाज मुख्य आयोजक रहने उक्त कार्यक्रममा लस एन्जलसका सम्पूर्ण स्थानीय सङ्घ संस्थाहरूको सहकार्य रहने भएको छ ।

सगौरब माइती बन्ने लस एन्जलस बासीहरुको प्यारो संस्कार अनुसार यसपालि पनि संस्थागत तथा व्यक्तिगत तर्फबाट स्वस्फुर्त रूपमा आर्थिक सहयोग गर्ने भएका छन् । कार्यक्रममा आफ्ना प्यारा चेलीबेटीहरुलाई यसै सूचना द्वारा दर खाने हार्दिक निमन्त्रणा गरिन्छ भन्नु हुन्छ नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाईं ।

कार्यक्रममा तीज विशेष स्थानीय नृत्यहरुका साथै विशेष सांस्कृतिक प्रस्तुति हुने भएको छ । विशेष प्रस्तुतिका लागि नेपाली सङ्गीत प्रेमीहरुका मन मुटुमा बस्न सफल चर्चित गायक गायिका शिव परियार र निशा सुनारको उपस्थिति रहने छ । कार्यक्रम आर्टिसियाको तारा हिमालयन कुजिनमा अगस्ट १३ तारिख आइतबार बेलुकी ७ बजे बाट सुरु हुनेभएको छ ।

सञ्चार माध्यमहरुको समेत समुदायका लागि हातेमालो तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता अनुरूप यस कार्यक्रमका लागि मेरो खबर , हिमालयन खबर , हिमाली पोस्ट , नेपाल २४ आवर्स ,बिआरटी नेपाल , खुल्लामंच , समुदाय मासिक , एनएलए ८ टेलिभिजन , नेपाली ११ रेडियो लाइभ आदि सँग संस्थागत साझेदारी गरिने भएको छ ।

स्मरण रहोस्, संस्थाको स्थापना काल देखि भव्यताका साथ मनाउदै आएको यो पर्वमा गत साल एकता समाजले करिब ४५० स्थानीय चेलीबेटीहरुलाई निःशुल्क दर खुवाएको थियो भने विवाहित हिन्दु नारीको प्रतीक टिका र पोते समेत उपहार स्वरूप प्रदान गरेको थियो ।

कार्यक्रम :
मिति : १३ अगस्ट २०१७ , आइतबार
समय : बेलुकी ७ बजे
स्थान : तारा हिमालयन कुजिन आर्टिसिया, लस एञ्जलस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू