अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

जोशीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा शिक्षण अस्पतालमा

बिआरटीनेपाल २०७४ साउन १६ गते १८:५८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे सोमबार अस्पताल पुगेर जानकारी लिएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई मुटुमा समस्या आएपछि शनिवार अस्पताल भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीयसचिव पुस्करराज पाण्डेले जानकारी दिए । जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू