अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

अमेरिकामा नेपालको सान बढाउदै उज्जल ठकुरी

बिआरटीनेपाल २०७४ साउन १६ गते १८:४५ मा प्रकाशित

अगस्त २९ भर्जिनिया । काठमाण्डौको बानेश्वरमा जन्मेर हाल १५ वर्ष देखी अमेरिकाको भर्जिनियामा बस्दै आएका उज्जल ठकुरीले अमेरिकामा कराटे खेलको माध्यम बाट नेपालको सान बढाउदै आएका छन् । जसमध्य हालै USAKF राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरी द्वारा रजत पदक द्वारा सम्मानित भएका छन् । यो उनको पछिल्लो सफलता हो ।

गत शनिवार भएको २९ जुलाई २०१७ का दिन अमेरिकाको कोगर सेण्टर, रिच्मण्ड भर्जिनिया स्थित डबल ट्री होटेलमा USAKF National karate championship सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ वर्षको एड्भान्स ब्ल्याक बेल्ट भिडन्त समूहमा उज्ज्वल ठकुरी पहिलो पटक सहभागी भएका हुन् ।

अमेरिकन कराते फेडेरेसन द्वारा सम्पन्न भएको उक्त खेलमा उज्ज्वल ठकुरीले नेशनल क्याम्पियन सँग फाइनल खेल हारी दोस्रो स्थान अर्थात् रजत पदक हात पार्न सफल भएका हुन् ।

हुन त, उज्ज्वल ठकुरीले NASKA, ISKA, KUROBUSHI, HKLEE र USA MASTER GAME जस्ता वोर्ल्ड क्लास कराते खेलमा १६ वोटा स्वर्ण पदकहरु जिती सकेका छन् । विभिन्न क्षेत्र जस्मा “काता” भिडन्त ” ब्रेकीङ्ग तथा स्पेसल डेमोस्ट्रेसन पाउनुको साथै आफुलेनै आविष्कार गरेको “फाङ्ग काता “, “फाङ्ग खुकुरी काता ” फाङ्ग ब्रेकिङ्म” समेतमा स्वर्ण पदक हात पारी सकेका छन् । दुई वटा गिनिस वोर्ल्ड रेकर्डका लागि निवेदन समेत बुझाई सकेका ठकुरी परिणामको पर्खाइमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू