अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी गौरी जोशी चुनाव प्रचार प्रसारका क्रममा वोस्टनमा

बिआरटीनेपाल २०७४ साउन १५ गते ६:०६ मा प्रकाशित

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी गौरी जोशी चुनाव प्रचार प्रसारका सिलसिलामा शनिबार वोस्टन आइपुग्नुभएको छ । जोशीले वोस्टनमा आयोजित समारोहमा संस्थापन पक्षको तिखो आलोचना गर्दै एनआरएन नेपालीको सुखदुखमा सदैव साथ रहनुपर्छ भन्ने अभिब्यक्ती दिनु भएको छ ।

‘म एनआरएनलाई सबैको अपनत्व हुने किसिमको नेतृत्व गर्न सक्छु भन्ने विश्वासले एनआरएनमा लागेको स्मरण गर्दै एनआरएन एउटा अभियान हो र यसमा तपाईहरुले साथ र समर्थन दिनुहुनेछ भन्ने विश्वास छ’ उहाँले भन्नुभयो ।

एनआरएन वोस्टन च्याप्टरद्धारा आयोजित सो कार्यक्रममा आफूले ठूल्ठूला कार्यक्रमको आयोजनातर्फ ध्यान नदिने बरु ससाना कार्यंक्रम र अमेरिकाको संघीय सरकारले उपलब्ध गराउने सेवा र सुविधालाई नेपालीहरुमाझ पुर्याउन सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा म्यासाच्युसेट्सबाट वोर्ड अफ डाइरेक्टर पदमा प्रत्यासी तृष्णा शर्मा काफ्लेले समाजसेवाको क्षेत्रमा तल्लो तहदेखि नै काम गरेको र चेलीवेटी बेचविखनविरुद्धमा समेत नेपालको नाकानाकामा बसेर सशक्त आवाज उठाएको स्मरण गर्दै एनआरएनलाई अझ मजबुत बनाउनका लागि आफू उम्मेदवार बनेको जानकारी दिनुभयो ।

त्यस अवसरमा उपाध्यक्ष पदका प्रत्यासी सञ्जीव श्रेष्ठले भताभुंग भएको एनआरएनको जगलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो भने कोषाध्यक्ष पदका प्रत्यासी सत्येन्द्र साहले आफू यो पदका लागि सक्षम भएको दाबी गर्दैै चन्दा तथा अन्य स्रोतबाट आएको पैसाको सही उपयोगिता हुने जानकारी दिनुभयो भने थलराज पन्त र सञ्जय थापाले संगठनको सुदृढिकरणमा सक्दो प्रयास गर्ने जानकारी पनि दिनुभयो ।

त्यस अवसरमा वोस्टन सप्ताहका संयोजक सुशील पौडेलले सप्ताहको बारेमा जानकारी दिनुभएको थियो भने जीवीएनसी एवं पशुपति वुद्ध फाउन्डेसनका अध्यक्ष विष्णुमणि आचार्य र समाजसेवी विजय शर्माले एनआरएनको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया