अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

मानव अधिकार आयोगद्वारा डा. गोविन्द केसीको जीवन रक्षा गरी तत्काल समस्याको समाधान गर्न आग्रह

बिआरटीनेपाल २०७४ साउन १३ गते ०:५८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द के.सी. को जीवन रक्षा गरी तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बिहिवार एक प्रेश बिज्ञप्ती जारी गर्दै स्वास्थ्य उपभोक्ता अधिकार विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ११औं पटक यही मिति २०७४ साउन ९ गते देखि आमरण अनसनमा रहेका डा. गोविन्द के.सी. को जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न तथा यसपूर्व डा. के.सी. सँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न, गराउन नेपाल सरकारले तत्कालै प्रभावकारी कदम चालोस भनी आयोग नेपाल सरकारको गम्भीर रुपमा पुनः ध्यानाकर्षण गराएको हो ।

उपभोक्ताको मानव अधिकार संरक्षणमा सरोकारवालाको भूमिका सम्बन्धी बिहिवार एक कार्यक्रम सम्मपन्न गरि जारी गरिएको बिज्ञप्तीमा भनिएको छ:
स्वास्थ्य, शिक्षा, खाद्य सामग्री लगायत उपभोक्ताका अधिकारको क्षेत्रमा देखिएका असमानता तथा बेथितिका कारण आम उपभोक्ताले खेप्नु परेका समस्याहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले बिहिवार उपभोक्ताको मानव अधिकार संरक्षणमा सरोकारवालाको भूमिका सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आयोगका अध्यक्ष अनूप राज शर्माले आयोगद्वारा उपभोक्ताको अधिकार संरक्षण सम्बन्धी अनुगमन निर्देशिका जारी भएको स्मरण गर्दै उपभोक्ताले वाञ्छित रुपमा न्याय पाउन नसकेको धारणा राख्नुभयो । साथै, संविधानमा उल्लेखित मौलिक हकहरुको कार्यान्वयन गर्ने दायित्व नेपाल सरकारको रहेको बताउँदै उपभोक्ताको अधिकार संरक्षणमा उपभोक्ता स्वयम् सजग हुनु अत्यन्त जरुरी रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले निजी क्षेत्रलाई नियमन गर्न नसक्दा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आम उपभोक्ताले समस्या भोग्नुपरेको तथ्यलाई स्वीकार गर्दै यस सम्बन्धमा नेपाल सरकार संवेदनशील रुपमा अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्यहरु, सचिव, उपभोक्ता अधिकारको अभियानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शैक्षिक प्रतिष्ठान, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

डा. गोविन्द के.सी. को जीवन रक्षा गरी तत्काल समस्याको समाधान गर्न आग्रह
स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ११औं पटक यही मिति २०७४ साउन ९ गते देखि आमरण अनसनमा रहेका डा. गोविन्द के.सी. को जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न तथा यसपूर्व डा. के.सी. सँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न, गराउन नेपाल सरकारले तत्कालै प्रभावकारी कदम चालोस भनी आयोग नेपाल सरकारको गम्भीर रुपमा पुनः ध्यानाकर्षण गराउँदछ ।

 

प्रेश बिज्ञप्ती

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू