अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

गायक निमा रुम्बाको बहु चर्चित गीत ‘ब्लक हिल सुज’ नयाँ भर्सनमा (भिडियो)

बिआरटीनेपाल २०७४ साउन १२ गते ३:१० मा प्रकाशित

करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको अत्याधिक चर्चित गित ‘ब्लक हिल सुज’को नया भर्जन हालै मात्र द मिड्नाइट राइडर्स ब्यान्डले सार्बजनिक गरेको छ  । गायक रुम्बाले गाएको ‘ब्लक हिल सुज’ निकै हिट गीत हो ।

हार्ड रक शैलीको सार्बजनिक गीतलाई छायाँकन र निर्देशन अमृत सुनुवारले गरेका छन् । सुनुवार म्युजिक भिडीयोमा निकै व्यस्त छायाँकारको रुपमा चिनिन्छन् ।

प्रिजेन्टेशन र पेर्फोमेन्समा आधारित यस भिडियोलाई सम्पादन माधव बेलबासेले गरेका हुन् भने भिडियोमा ब्याण्ड संगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ  । भिडियोलाई दर्शकले साथ दिने निर्माण पक्षले बिस्वास लिएको छ ।

प्रतिक्रिया