अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

मैले आँटेको कुरा पुरा गर्न कहिले सम्झौता गर्दिन : जेदु पोखरेल ,एनआरएन अमेरिकाका उपाध्यक्ष पदका प्रत्याशी

बिआरटीनेपाल २०७४ साउन १० गते १४:२५ मा प्रकाशित

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेल गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि उपाध्यक्ष पदका प्रत्याशी हुन् l उनले समय भित्र उम्मेदवारी दिएका छन् l उनले कुरा गर्दै भने मैले आँटेको कुरा पुरा गर्न कहिले सम्झौता गर्दिन l आफू त्यसमा लागि रहने आदत भएको बताए l

पोखरेल एनआरएन अभियानका एक सशक्त उपाध्यक्ष पदका दावेदार उम्मेदवार हुन् l उनले आफ्ना कार्यकालमा उनको समिति ,सहयोगी र शुभचिन्तक हरुको प्रत्यक्ष या परोक्ष रूप बाट पाएको सहयोगको कारण उनको नेतृत्व अमेरिकामा सर्वाधिक चर्चामा रह्यो l

उनले बचन गरेका कुरा फत्ते गरेकोमा उनी सन्तोष मान्दछन l उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बाल्टिमोरमा भएको नगरभवन बैठकमा ३ वटा प्रमुख काम सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए l र त्यसमा उनले काम गरे l

उनको पहिलो मुद्दा मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरूको वास्तविक जनसङ्ख्याको तथ्याङक निकाल्न पहल गर्ने ,दोस्रो मेरिल्याण्ड सवारी साधन विभाग मा नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने र तेस्रो सामुदायिक भवन बनाउन पहल गर्ने बताएका थिए l

उनी र उनका सहयोगीको कारण उनको नेतृत्वमा मेरिल्याण्डमा सवारी साधनको परीक्षा दिँदा मातृभाषा नेपालीमा नै दिन पाइने व्यवस्था गराउन सफल भए l

उनको अध्यक्ष कालमा अस्थाई सुरक्षा दर्जा (टिपी एस ) सहुलियतको लागी हस्ताक्षर सङ्कलन अभियान ,अस्थाई सुरक्षा दर्जा (टिपीएस )को बारेमा जानकारी तथा सुविधा प्राप्त गर्नेको लागि योग्यता सम्बन्धी निःशुल्क कानुनबिदको व्यवस्था समेत उनी र उनका सहयोगी हात बाट सम्पन्न भयो l उनी शाखा मा मात्र सीमित नभई राष्ट्रिय समन्वय समितिमा काम गर्न चाहना रहेकोले एनआरएन अमेरिका को उपाध्यक्षमा उम्मेदवार दिएका छन् l

उनले सार्वजनिक गरेको भनाईहरु जस्ताको त्यस्तै :
उनी भन्छन् ,’समाजको काम गर्न पाउनु मेरो लागि मन्दिर जानु सरह हो ।” थप गर्दै उनी यसो भन्छन् ,समाजसेवी समाजको बेतलवी कर्मचारी हो, समाजद्वारा पाउने मायॉ र प्रेरणा नै उसको गड़धन हो । राम्रो काम गरे मान र नराम्रो गरे अपमानको तिखो धारमा समाजसेवीको जीवन बाचेको हुन्छ । मान र अपमानको दोसॉधमा दौड़ने जीवन पक्कै पनि सहज छैन । तर पनि समाजिक कामको workaholic लत बसिसके पछि छुट्न गाह्रो हुदोरहेछ । हुन त धर्मशास्त्रले समाजसेवालाई पवित्रकाम र उत्तम जीवन भनेको छ l त्यसैलाई आत्मसाथ गर्दै गैर आवासीय नेपालीसंघको माध्यमबाट मैले मेरो बाकी जीवनलाई समाजसेबामा नै अर्पणगर्ने निधोगरी गैर आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय समिति अमेरिकाकोआसन्न निर्वाचन(१७-१९)को उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे यहॉहरुलाई पहिला नै बताईसकेको छु ।

त्यसैले यदि तपाईहरुले मलाई सक्षम सम्झी एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा विजयी गराईदिनु भयो भने मेरा प्रतिबध्दता निम्नानुसार हुनेछन ।

आगामी निर्वाचनको लागी जतिपनि उम्मेदवारहरु हुनुहुन्छ प्राय सबै साथीहरूका एकैखाले प्रतिब्द्धता देखियो केही साथीहरू सँग मेरा प्रतिबद्धता मिल्न गएको हुनसक्छ तर परिपुर्ती गर्ने मेरा उपाय /तरिका फरक भएको यहॉहरु समझ अनुरोध गर्न चाहन्छु र कतिपय साथीहरूका प्रतिबद्धतामा मेरो सहमति समेत भएको अनुरोध गर्दछु ।

प्रतिबद्धताहरु:-
१ – स्टेट च्याप्टर भएका हरेक स्टेटमा सामुदायिक भवनको निर्माण को पहल ।
२-“जीवनमा एक पटक मात्र पॉचडलर सहयोगअभियान ” मार्फत आपत्कालीन कोष (Emergency Fund)खड़ा गर्ने ।
३-मेरिल्याण्ड Motor Vehicles Administration मा Driving license को परीक्षा दिँदा मातृभाषा नेपालीमा परिक्षादिन पाउने व्यवस्था गरेको अनुभवको आधारमा अरू बॉकि च्याप्टरहरुमा पनि सोही मुताबिक़ पहल गर्ने छु ।
४- दशैको टिकाको दिन पब्लिक स्कुलहरुमा छुट्टी गराउन पहल गर्ने तथा पब्लिक स्कुलको पाठ्यक्रममा नेपाली भाषालाई एेच्छिक भाषाको रूपमा राखिदिन अनुरोध गर्ने ।
५:- ७५ देशका राष्ट्रिय समितीसंग एकआपसमा समन्वय गरी भाईचाराको सम्बन्ध स्थापित गर्ने, सांगठानिक अनुभव , सांगठानिक भ्रमणको आवत जावत एवं आवश्यक प्रशिक्षण लिने दिने संस्कृतिको स्थापना गर्ने ।
६-प्रवासी नेपाली बिद्धत वर्गलाई एनआरएनमा आकर्षण गर्ने तथा सक्रियरुपमा आबद्धगराउन उपाय खोज्ने ।
७- विदेशको नागरिकता लिएका प्रवासी नेपालीहरूको लागी नेपालजादा लाग्ने भिसा शुल्कलाई निःशुल्क गराउन एनआरएन आईसिसिसंग समन्वयगरी पहल गर्ने ।
८- प्रत्यक्ष सञ्चार विकासको मेरुदण्ड हो त्यसैले NRN world Television को स्थापना गर्न पहल गर्ने,
जसको Head Quarter अमेरिकामा हुनेछ ।

ज्ञात रहोस् विदेशमा नेपालीहरूको जनसङ्ख्या ५५ लाखको हाराहारीमा भएको पाइन्छ ।

९-कलेज पढ्ने नेपाली बिद्धार्थीहरुलाई पनि NRN मान्ने प्रावधानको व्यवस्था गर्न पहल गर्ने ।
१०- भाषा संस्कृतिको विकासको लागि आवश्यक पहल गर्ने ।११-स्थानीय संधसंस्थाहरसंग समन्वय गरी समाजका आवश्यकताहरू लाई परिपुर्ती गर्दै जाने ।
१२- युवाबर्गको आकर्षण एवं उपस्थितिमुलक कार्यहरू गर्ने ।
१३- सङ्गठनको बृहतबिस्तारको लागी सदस्यता शुल्क शुलभ हुनु अति आवश्यक छ । संस्थाको लागि १५००० सदस्य बनाएर २२५,००० डलर जम्मा गर्ने अवधारणा भन्दा ५०,००० सदस्य बनाएर २५०,००० डलर जम्मा गर्ने अवधारणा वैज्ञानिक हुनआउँछ त्यसैले सदस्यताशुल्क धटाउन पहल गर्ने ।
१४- प्रत्यक्ष निर्वाचन प्रणालीलाई वार्षिक साधारण सभामामै पारित गरेर लागुगर्न पहल गर्ने ।
१५- एनआरएनए Nonprofit and nonpolitical organization हो त्यसैले अमेरिकास्थित गैर आवासीय नेपाली समाजको रायसुझाव र सल्लाहा नै मेरा लागि मुलमन्त्र हुनेछन । त्यसैले सारासमाजको आव्हान नै मेरालागि दिशानिर्देश हुनेछ ।

अन्तमा माथि उल्लिखित हरेक बुदागत प्रतिबद्धताको मेरो आफ्नो बिचारको व्याख्या फेसबुकमा अलि लामो हुने हुँदा कुनै अख़बार मार्फ़त यहॉहरुलाई प्रस्तुत गर्ने प्रण गर्दछु ।

धन्यवाद ।

जेदु पोखरेल ,एनआरएन अमेरिकाका उपाध्यक्ष पदका उम्मेदवार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू