अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुतीमा कोलोराडोबासी नेपाली समुदायको उत्साह मध्यरात सम्मै

बिआरटीनेपाल २०७४ साउन ९ गते ६:४८ मा प्रकाशित

नेपाली समुदायले आफ्नो मौलिकतालाई विश्वको जुन कुनामा भएपनि बिर्षदैैंन भन्ने दृश्य शनिवार अमेरिकाको कोलोराडो स्थित स्प्रिङमा देखियो । लोक दोहोरी र तिज गीतमा फरक छवि बनाएका गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती हेर्न आएका प्राय सबै नारी समुदाय नेपाली परम्परागत पहिरन सारी ब्लाउज र गरगहना,कुर्ता सलवारमा नै सजिएका थिए ।

नजिकिदैं गरेको तिज पर्व र गायक न्यौपानेको प्रस्तुती नेपाली समुदाय बिच खास उत्साहजनक बनेको थियो । अमेरिकाको कोलोराडो स्थित स्प्रिङमा शनिवार साँझ नौ बजे सुरु भएको उनको एकल प्रस्तुती हेर्न स्प्रिङ र पुयब्लोमा रहेका नेपालीहरुको उपस्थिती बाक्लो देख्दा भन्न सकिन्थ्यो नेपाली कला संस्कृती अमेरिकामा बर्षौ बस्दा पनि नेपालीले बिर्षेका छैनन् ।

शररर पानि घट्टामा, ऐना हेरेर, मत हिँडे पोखरा, झिलझिल सितारा, मोहनी तिम्रो बोलीमा, पूर्वैमा झ्याल राखे लगायतका आफ्ना दर्जनौं गीत प्रस्तुत गरेका गायक न्यौपानेले आफ्ना मार्मिक तिज गीत पनि प्रस्तुत गरेका थिए । गीतका कतिपय शब्दमा अमेरिका बासी नेपालीलाई लक्षित गरेर खुसी साटेका उनको प्रस्तुतीमा नेपाली परिवारका बालक देखी बृद्ध बृद्धा सम्मले नाचगान गर्दै रमाईलो गरेका थिए ।

स्प्रिङ स्थित लिटल नेपाल रेस्टुरेण्टका पुरुषोत्तम पाण्डेको आयोजनमा भएको कार्यक्रम साँझ ९ बजे बाट राती १२ बजे सम्म चलेको थियो ।गायक न्यौपानेले सम्पुर्ण कोलोरोडो बासीमा यो साथ र हौसलाको लागि आभार ब्यक्त गरेका थिए भने आयोजक र सञ्चार माध्यमलाई बिषेश धन्यवाद दिएका थिए ।

गायक न्यौपाने  आईतवार  याक एन्ड एती रेस्टुरेन्टको आयोजनामा अमेरिकाको कोलोराडो स्थित वेष्ट मिनिस्टरमा  पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ -२०१७ का लागि कोलोराडो आएका हुन् ।

 

प्रतिक्रिया