अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

‘मिष्टर एण्ड मिस काठमाडौं’को आवेदन खुल्ला

बिआरटीनेपाल २०७४ साउन ८ गते ११:०७ मा प्रकाशित

एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यसबर्ष पनि निरन्तरता पाउने भएको छ ।
आइतबार एक बिज्ञाप्ती जारी गर्दै आयोजक एक्सपोजले दुबै प्रतियोगीताका लागी एकसाथ आवेदन खुल्ला गरेको छ ।

सुन्दरता नाप्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता आयोजना गर्दै आएको एक्सपोजको यो प्रतियोगीता मध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीले सहभागीता जनाउन सक्नेछन् ।

युवायुवतीको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगीता आयोजना हुँदै आएको एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।

बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिमस्पर्धा गर्न पाउनेछन् । जसका लागि स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण समेत आयोजले दिनेछ ।

प्रतिभावान र बौद्धिक ब्याक्तिको क्षमतालाई सबैसामु उजागर गर्ने मुख्य उदेश्य कार्यक्रमको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।
शिर्ष सहित प्रतियोगी १६ विभिन्न विधामा पुरस्कृत हुनेछन् । प्रतियोगीताको बिषय बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुका साथै चलचित्र ,म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै बिभिन्न गिफ्ट समेत उपहारका रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया