अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

आजीवन सदस्य पाण्डेको उम्मेदवारी सदस्य नै नभएको भन्दै रद्द

बिआरटीनेपाल २०७४ साउन ७ गते १३:२६ मा प्रकाशित

अमेरिका, २२ जुलाई । सन् २०१३ मा लस एञ्जलसमा भएको एन आर एन अमेरिकाको साधारण सभामा रकम बुझाइ आजीवन सदस्य लिएका रामबाबु पाण्डेको उम्मेदवारी सदस्य नै नभएको भन्दै निर्वाचन समितिले रद्द गरेको सूचना पाण्डेलाई इमेल मार्फत पठाएको छ । 

क्यालिफोर्निया च्याप्टर का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार पाण्डेको अन्तिम समयमा आजिवन सदस्यतामा नाम भएर अनि भोटर लिस्टमा नभेटिनु भनेको आश्चर्यजनक भएको मतदाताहरु बताउछन । जब जिम्मेवार पदमा बसेको र लामो समय देखिको आजीवन सदस्यको यस्तो अवस्था छ भने हाम्रो सदस्यताको के भर भन्दै मतदाता प्रतिप्रशन गर्छन् । 

चुन्ने र चुनिने अधिकारबाट विभिन्न बहाना बाजीमा बन्चित गर्न खोजेमा आफू कानुनी उपचार लिनको लागि बाध्य हुने समेत पाण्डे बताउछन । आफूले निर्वाचन समितिलाई आफू आजीवन सदस्य भएको प्रमाण पठाई सकेको र सो को नजरअन्दाज नगरी २०१३ देखि नै आजीवन आदस्य भएको व्यक्तिलाई आफ्नो अधिकार प्रयोग गर्नबाट बन्चित गरिएमा थप उपचारको लागि आफू तयार भएको पाण्डे बताउछन ।

संस्थाको वेबपेजमा CA2R01902 सिरियल नम्बरमा पाण्डे आजीवन सदस्य भएको हेर्न सकिन्छ । निश्चित रूपमा संस्थामा सदस्यहरूको प्रिन्ट गरेको अभिलेख वा पहिलाको चुनावमा निर्वाचन समितिलाई पत्राचार गरिएकोमा सबै सदस्यको नाम उल्लेख भएको हुनुपर्ने हो । यदि सबै वेब्पेजमा मात्र राख्ने हो भने कसैले डिलिट गरिदिएमा सबैको सदस्यता समाप्त हुन सक्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू