अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

नायिका नीता ढुंगाना भन्छिन्- ‘यो तीजमा नाच्नु पर्छ’ (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ६ गते ११:०० मा प्रकाशित

नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने निधो गरेकी हुन् ।

तीज पर्व आएसँगै नेपाली कलाकार र गायक९गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले सार्वजनिक भए लगत्तै राम्रो चर्चा कमाईरहेको छ ।

शिव वीकले निर्देशन गरेको यो भिडियोलाई रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् । गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।

प्रतिक्रिया