अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

समर्थकहरुको आक्रोश: ‘गौरी जोशीको जित निश्चित भएकाले नियतबस उनको नाम आयोगले हटायो’

बिआरटीनेपाल २०७४ साउन ६ गते १:१८ मा प्रकाशित

यति बेला एनआरएन अमेरिकाका सबैभन्दा चर्चामा रहेका बलिया प्रतिष्पर्धी मानिएका गौरी जोशीको नाम निर्वाचन आयोगले अयोग्य ठहराएको बिषय चासोको रुपमा रहेको छ । अमेरिकामा बस्ने नेपालीले मात्र होईन एनआरएन अमेरिकाको निर्वाचनबारे उत्सुकता देखाईरहेका बिश्वभरीका नेपालीलाई पनि अध्यक्ष पदका उमेद्वार गौरी जोशीको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको सुचिमा नपर्नुले थप चासो बढाएको हो ।

यस बिषयमा गौरी जोशीले भने आफु स्वयंमलाई पनि अहिले सम्म के कती कारणले आफ्नो नाम हटाईयो जानकारी नपाएको बताएका छन् । आयोगले आफुलाइ कुनै थप प्रमाण र जानकारी सम्म नदिई एकैचोटी नामावली सुचि प्रकाशन गर्नु र जसमा आफ्नो नाम नहुनुले आफु अन्यायमा परेको र यसका लागि सोचिरहेको बताएका छन् ।

यता गौरी जोशीको नाम हटाईएपछि उनका समर्थकहरु भने आक्रोशित देखिएका छन् । गौरी जोशीको बिजय निष्चित भएको र नियतबस आयोगले नै २ दिन ढिला गरि सुचि सार्वजनिक गरेर उनको नाम हटाएको उनिहरुको आरोप छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू