अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

गाई मारेर खाने ४ जना पक्राउ

बिआरटीनेपाल २०७४ साउन ५ गते १०:३६ मा प्रकाशित

हिन्दु धर्म अनुसार गाई लाई लक्ष्मी को रूप मा पूजा गरिन्छ भने नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालमा गाई हत्या गर्ने लाई हदै सम्मको कारबाही को व्यवस्था छ । गाई को हत्या गरेको र गाई को मासु खाएका घटना नेपाल र नेपाली समाज मा बिरलै सुन्न पाइन्छ र त्यस्तै जसले गाई को हत्या गर्छ र गाई को मासु खान्छ तिनीहरूलाई कानुनी कारबाही हुने गरेको छ ।

नेपाललाई धर्म निरपेक्ष्य राष्ट्र घोषणा गरिए पनि नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई चिनिन्छ । गाईको गोबर र पिसाब समेत पूजा गर्ने नेपाली समाजमा गाई काटेर खाने त कुरै भएन तर पोखरा महानगरपालिका मा भर्खरै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा न २४ केरा गाउँ को जङ्गल मा अवैध रूपमा गाई काटेर खाने ४ जनालाई वडा प्रहरी कार्यालय बगर कास्कीले पक्राउ गरेको छ । उक्त स्थानमा गाई काटिएको छ भन्ने खबर प्राप्त भए पछि वडा प्रहरी कार्यालय बगर को टोली घटनास्थल पुग्दा गाईको टाउको र खुट्टा फेला परेको र वरपरका घरहरू खानतलासी गर्दा अन्य घरमा लुकाई राखेको गाईको आलो मासु सहित चार जना पक्राउ गरिएको वडा प्रहरी कार्यालय बगर कास्की का प्रहरी निरिक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

उक्त अपराध अन्तर्गत पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ का ५८ वर्षीय राम बहादुर नेपाली , सोही स्थान मा बस्ने ६४ वर्षीय बद्रिका नेपाली , ४८ वर्षीय पुतली नेपाली र ३१ वर्षीय कल्पना नेपाली रहेका छन् ।

पक्राउ परेका उनीहरू माथि गौहत्या मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान पनि अगाडी सारेको छ । खास गरी गाई को हत्या गरिनु कानुनी अपराध नै मानिने गरेकाले कोही कसैले एस्तो अपराध नगर्न र कसैले गरे प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू