अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

पूर्वी भारतका सडक दुर्घटनामा नौ यात्रुको मृत्यु

बिआरटीनेपाल २०७४ साउन ३ गते २३:०६ मा प्रकाशित

नयाँ दिल्ली, साउन ३ गते । पूर्वी भारतीय राज्य विहारमा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
बैशाली जिल्लाको सरै बजारस्थि राष्ट्रिय राजमार्गमा उच्च गतिमा रहेको एक बस रिक्सासँग ठोक्किदा सो दुर्घटना भएको थियो । प्रान्तीय राजधानी पटनाबाट करिब ३० किलोमिटर टाढा सो दुर्घटना भएको थियो ।

नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको र घाइतेहरुलाई नजिकैको सरकारी अस्पतालमा लगिएको जनाइएको छ ।

घाइते मध्ये केहीको अवस्थामा चिन्ताजनक भएको जनाइएको छ । अटो रिक्साका चालकसहित यस घटनामा हताहत भएका सबै अटो रिक्साका यात्रु रहेका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार दु्रत गतिमा रहेको यस बसले तीनपाङ्ग्रे सवारी साधन रिक्सालाई ठक्कर दिएको थियो ।

यस घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय सरकारले चार लाख रुपैयाँ बराबरको क्षतिपूर्ति रहम दिने घोषणा गरेको छ । भारतमा सडक दुर्घटना एक प्रमुख समस्याको रूपमा रहेको पाइन्छ । रासस /सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू