अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

अगस्ट ६ मा न्युयोर्कमा एनआरएन अमेरिकाको चुनावी विषयमा सम्प्रेषण हुने

बिआरटीनेपाल २०७४ साउन ३ गते ११:५३ मा प्रकाशित

अमेरिका, १८ जुलाई / यही आउँदो अगस्त महिनाको छ तारिख आइतबार शेर्पा क्यिदुगको सभा कक्षमा एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासी बिच सम्प्रेषणको आयोजना हुन गइरहेको छ । अध्यक्षका सबै प्रत्यासीले आफूहरूले व्यग्रताको साथ सम्प्रेषणको प्रतीक्षा गरिरहेको र सो मा उपस्थित हुने जानकारी समेत गराइसकेको आयोजकले बताए ।

सम्प्रेषणका सञ्चालक शैलेश श्रेष्ठ भन्छन् ” एनआरएन अमेरिकाको विषय, सवाल, मुद्दा र सरोकारहरुमा सम्प्रेषणको निक्कै लामो सम्बन्ध र अलिकति योगदान छ त्यस अर्थमा बेलाको बोली बोल्न, बोलाउन अनि बकाउन पनि हामी पछि पर्दैनौं | यसपालिको सार्वजनिक सुनुवाइ यो फ्लायर जस्तै “श्याम अनि स्वेत (ब्लाक एण्ड ह्वाईट) हुनेछ | असल मन र विचारले दृष्टिगोचर गर्ने हो भने हाम्रो जीवन पनि कि श्याम छ कि स्वेत | त्यहाँ भन्दा परका रङ्ग, रङ्ग-मिश्रण या रङ्ग-समायोजन सिर्फ भ्रम अनि स्वार्थ मात्र हो |”

विगत देखि नै चुनावी सन्दर्भ लगायतका सरोकारका विषयमा सञ्चालन गर्दै आएको कार्यक्रम यस पटक निकै प्रतिस्पर्धात्मक रहेको एनआरएन अमेरिकाको चुनावी सन्दर्भमा गर्न गइरहेको छ । सो कार्यक्रमलाई सबै माझ पुर्याउनको लागि प्रत्यक्ष प्रसारण समेत गरिने श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू