अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

यस्ता छन् गौरी जोशीका सारथीहरु, चुनावी रथ हाँक्दैछन् जोशी

बिआरटीनेपाल २०७४ साउन १ गते २२:०७ मा प्रकाशित

एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका युवा व्यवसायी गौरी जोशीले आफ्नो नेतृत्वका सबै उम्मेदवारहरुको सूची सार्वजनिक गरेका छन् | जोशी अध्यक्षका प्रत्यासी हुन् । निवर्तमान कार्य समितिका अध्यक्ष मातहत रहेका एक वरिष्ठ उपाध्यक्ष सहितका दुई उपाध्यक्षले आफ्नै अध्यक्षलाई चुनौती दिदैं मैदानमा उत्रिएको बेला जोशी अन्य प्रतिष्पर्धी भन्दा सशक्त देखिएका छन् । अन्य उम्मेदवार सबैका लागि अहिले कडा टक्कर दिएर जोशी आफ्नो नेतृत्वको टिमलाई मैदानमा लिएर उत्रिएका हुन् | जोशीको नेतृत्वलाई अमेरिकी नेपाली समाजका बहुल सङ्घ,संस्थाको नेतृत्व गर्ने व्यक्तिहरूको समर्थन रहेको छ । जोशीले सार्वजनिक गरेको आफ्नो समर्थनका उम्मेदवारहरु सबै क्षेत्रका प्रतिनिधित्व गर्ने, अमेरिकी नेपाली डायस्पोरामा क्रियाशील रही विभिन्न सङ्घ,सङ्गठनको नेतृत्व गरिसकेका सामाजिक रूपमा परिचित र गतिशील टिम रहेको छ | यसै गरी जोशीको यो टिममा हाल रहेका एनआरएन च्याप्टरमध्ये सबैभन्दा बढी सदस्य भएका च्याप्टर सभापतिहरु समेत समेटिएका छन् | जुन पक्ष जोशीका लागि अत्यन्त सकारात्मक हो | दोस्रो कार्यकालका लागि नेतृत्व लिन अग्रसर भएका अर्का उम्मेदवार डाक्टर केशव पौडेललाई आफ्नैले दिएको यो चुनौती नै जोशीका लागि सकारात्मक भएको टिप्पणी गर्छन् नर्थ क्यारोलिनाका विनोद भट्ट | उनी प्रश्न गर्छन्,-‘आफ्नो नेतृत्वको कार्यसमितिका ४ मध्ये ३ जना उपसभापतिहरुले आफैँ विरुद्ध उमेदवारी दिनु,आफ्नै मातहतका अधिकांश च्याप्टर नेतृत्वले सङ्गठनको मर्म बुझ्न नसकेको नेतृत्व भनी आलोचना गर्दै चुनावी मैदानमा उत्रनु जस्ता उदाहरण नै प्रशस्त छैन र दोहोर्याउन चाहनेलाई दिइरहेको खुला चुनौती ? अनि फेरि केका लागि हो यो दोहोर्याउने भनेको ?’

को को छन् जोशीको टिममा ?
अध्यक्षका सशक्त प्रत्यासी गौरी जोशीले समावेशी,केही गर्ने सक्ने सबल र गतिशील नेतृत्वका प्रतिनिधि उम्मेदवारहरु समेटेका छन् | अधिकांश सङ्घ,सङ्गठनको नेतृत्वको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र नेपाली डायस्पोराका समस्याहरुलाई सम्बोधन गर्दै समाधानका उपाय निकाल्दै अघि बढेका अनुभवी उम्मेदवारहरु जोशीको टिममा देखिएका छन् | जसलाई एनआरएन अमेरिकाका शुभ चिन्तकहरुले समावेशी,समाज बुझेको र सबैले अपनत्व महसुस गर्न सक्ने अध्यक्षका साझा प्रत्यासी गौरी जोशी र उनको टिम नै देखियो भने चर्चा गरेका छन् | ‘अरू सबै एकै नेतृत्वका फरक पात्र हुन् | हिजो एनआरएनले गरेका गल्ती,कमजोरी र अन्य सङ्घ,संस्थाप्रतिको अपमानको हिस्सेदार सोही नेतृत्वका सबै हुन् | त्यसैले तिनै मध्ये एकलाई फेरि नेतृत्वमा पु-याउनु भनेको एनआरएनलाई कमजोर बनाउनु हो | अब हामीले त्यो गल्ती गर्नु हुन्न भनेर नै यस पटक गौरी जोशी र उनको टिमलाई सहयोग गर्न सबैलाई अनुरोध गरेका हौँ’ जोशी पक्षधर उपाध्यक्षका उम्मेदवार संजीव श्रेष्ठले भने |

गौरी जोशीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमार्फत सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा वरिष्ठ उपाध्यक्षमा तेम्बा शेर्पा (न्यु योर्क), उपाध्यक्षहरुमा उमा कार्की (क्यालिफोर्निया), सञ्जीव श्रेष्ठ (न्यूजर्सी), भुवन आचार्य (टेक्सस) र पुरुषोत्तम वोहोरा (केन्टकी) रहेका छन् | यसै गरी महासचिवमा पूर्ण वानिया (क्यालिफोर्निया), सचिवमा रेवतीराज अधिकारी (नर्थ क्यारोलिना),कोषाध्यक्षमा सतेन्द्र शाह (न्यु योर्क), युवा संयोजकमा स्वराज खाती (न्यु योर्क) र महिला संयोजकमा लक्ष्मी खरेल थापा (क्यालिफोर्निया) रहेका छन् ।

यसै गरी बोर्ड अफ डाइरेक्टरहरुमा सञ्जय थापा,विष्णु शाह,तृष्णा शर्मा,थलराज पन्त, प्रितीसागर खत्री,शशी अधिकारी,अमृत कट्टेल,कृष्ण जीसी, गुन्जना पाण्डे र सुरज घिमिरे छन् |

यही टिमले गौरी जोशीको नेतृत्वका लागि चुनावी रथ हाँक्दैछ | अध्यक्षका सशक्त प्रत्यासी जोशीले सामूहिक नेतृत्वलाई निर्वाचित गर्ने अठोटसहित एनआरएनएलाई सम्मानित संस्थाको रूपमा विकास गर्ने अभियानमा आफू केन्द्रित भएको बताएका छन् |’एनआरएनएलाई सबैले अपनत्व महसुस गर्न सक्ने र दुःख सुख साट्ने साझा चौतारीको रूपमा स्थापना गर्न म लागिपरेको छु’ जोशीले भने | 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू