अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुंगेल सम्मानित

बिआरटीनेपाल २०७४ साउन १ गते ५:०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष सर्जक कृष्ण मुरारी ढुङ्गेल सम्मानित भएका छन् । शनिबार २०४ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको दोस्रो काव्य उत्सव श्रृङ्खला बिच साहित्य सिर्जना र अभिनयका माध्यमबाट साहित्यीक क्षेबमा ढुंगेलले पुर्याएको यागदानको कदर गर्दै उनलार्ई सम्मान गरिएको हो ।

सर्जक ढुङ्गेललाइ प्रमुख अतिथि साकार र अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपालका अध्यक्ष राधेश्याम लेकालीले सम्मान गरेका हुन । सोही अवसरमा अनेसास वासिङ्टन डी। सी। मेट्रो सिटीका उपाध्यक्ष विमला बिमला निरौला र बालसाहित्यकार हिमाङ्सु ( अमेरिका ) लाई पनि स्वागत सम्मान गरिएको थियो ।

काव्य उत्सवका संयोजक ऋषि बरालको सभापतित्वमा सम्पन्न सो उत्सवमा विभिन्न कविहरुका दुई दर्जन कविताहरु वाचन गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि शैलेन्द्र साकार, अनेसास नेपाल अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक कृष्णमुरारी ढुङ्गेल, विमला निरौला, पुष्पा खनाल लगायतले आआफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रामबाबु सुवेदी, विजयध्वज थापा, अनन्त वाग्ले, सन्ध्या पहाडी, गीता कार्की, गीता मैनाली, डा। रेणु थापा सोलु, उपमा आचार्य, रन्जना निरौला, विमला अधिकारी, सरु पोखरेल, राजन के। सी।, ऋषि बराल, पुष्पा खनाल, विमला निरौला, कमला रिसाल बि। के।, यादव देवकोटा, शान्ति बस्नेत, हिमाङ्सु, कृष्णमुरारी ढुङ्गेल, राधेश्याम लेकालीलगायतले आफ्नो कविता वाचन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू