अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

असारको अन्तिम साँझ भारतिय गायक कुमार सानुको प्रस्तुतीमा झुम्यो राजधानी (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार ३१ गते १३:४६ मा प्रकाशित

असारको अन्तिम साँझ अर्थात ३१ असार शनिवार काठमाडौंको दरवारमार्ग स्थित होटल याक एण्ड यती कलाकार, संगीतकर्मी र ५ हजार रुपैंया तिरेर टिकट किनेका गायक कुमार सानुका नेपाली प्रशंशकहरुको भिडले खचाखच थियो । जव कोहि वात बिगड् जाय, तुम दिलकी धड्कन में, ए काली काली आँखे, जिय तो जिय कैसे लगायतका हिन्दी गीत र फूल भए जिन्दगी देउतालाई, म त अब रिसाउँछु, के सन्देश बोकी ल्याएउ, पुरानो हुँदैन माया जस्ता दर्जनौं नेपाली गीतमा आवाज दिएका गायक कुमार सानु नेपाल आउने कुराले उत्साहित बनेका उनका प्रशंशक दिउँसो ४ बजे देखी नै कार्यक्रम स्थलमा पुगेर उनको प्रतिक्षा गरेको दृश्यले देखाउँथ्यो कुमार सानुको गायकीमा नेपाली स्रोताको मोह ।

साँझ ६ बजे सुरु हुने भनिएपनि कार्यक्रम करिब ७ बजेको आसपासमा सुरु भएको थियो । आयोजक संस्थाको निम्तो मान्न पुगेका कलाकर्मी र ख्याती प्राप्त ब्यक्तीको उपस्थिती बाक्लो देखिएपनि सञ्चारकर्मीको उपस्थिती अन्य कार्यक्रममा भन्दा असाध्यै कम देखिन्थ्यो । कारण थियो केही नाम चलेका मिडिया र आयोजक संग निकट रहेका सञ्चार माध्यम बाहेक अरुलाई निम्ता गरिएको थिएन । राजधानीमा भएको यति ठुलो सांगितिक कार्यक्रममा पनि उपस्थित हुन नपाउँदा केही सञ्चारकर्मीले गुनासो पोखेको पनि सुनियो । कार्यक्रम गरिएको होटल याक यण्ड यतीको हलमा ५ हजारको टिकेट काटेर जानेहरु पनि उभिएर कार्यक्रम हेर्नु परेको दृश्यले बताउँथ्यो आयोजकले सोचे भन्दा पनि धेरै दर्शक सहभागी थिए ।

हाँस्य कलाकार जीतु नेपाल र नायिका निसा अधिकारीले सञ्चालन गरेको कुमार सानु लाईभ कन्सर्ट हेर्न, नायक, सरोज खनाल, कलाकार तथा निर्माता निर्देशक, आकाश अधिकारी, गीतकार डा. भोला रिजाल, संगीतकार सम्भुजित बास्कोटा, कलाकार, शुनिल पोखरेल, महादेव त्रिपाठी लगायतको बाक्लो उपस्थिती थियो भने सो कन्सर्टमा नेपालका तर्फबाट प्रस्तुती दिन गायक सुगम पोखरेल, कमलमान सिंह गायीका देविका बन्धना, स्मिता घिमिरे पनि समयमा नै कार्यक्रममा उपस्थित थिए । कार्यक्रमको पोस्टरमा गायक रामकृष्ण ढकालको तस्विर राखिएपनि गायक ढकाल भने कार्यक्रममा आएनन् । हामिलाई स्रोतले दिएको जानकारी अनुसार योे कन्सर्टमा गाउन राजी भएका गायक ढकाल पैसाको बार्गेनिङमा कुरा नमिलेपछि नआएका रहेछन् ।

कार्यक्रमको औपचारिक सुरुवात नेपाली गायक गायिकाको प्रस्तुतीवाट गरिएको कन्सर्टमा गायक सुगम पोखरेल, कमलमान सिंह गायीका देविका बन्धना, स्मिता घिमिरेले २ \२ वटा गीत गाएर सुनाएका थिए । यता रामकृष्ण ढकालका प्रशंशक भने उनको प्रस्तुतीका लागि कार्यक्रम सञ्चालकलाई जोड गरिरहेका थिए ।कार्यक्रम सञ्चालक जीतु नेपालले रामकृष्ण ढकाल केही बेरमा आउने बताएर टारिदिए ।

अत्यन्त आर्कर्षक ढंगले सजाईएको स्टेजमा जितु नेपालको हाँस्य प्रस्तुतीले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने सबैमा एउटै पर्खाई थियो कुमार सानुको । केही समय पछि भारतीय गायिका स्वागता नागको उपस्थितीले एकाएक माहौललाई ततायो । २ वटा हिन्दी गीत प्रस्तुत गरेकी स्वागताले पहिलो गीत लगाजा गले के फिर गाएपछि भावुक र खुसी दुवै भएका दर्शकले उनको गायकीको खुलेरै प्रशंसा गरे ।

अव पालो थियो सबैका प्रतिक्षा बिन्दुको रुपमा रहेका गायक कुमार सानुको । जव कुमार आफ्नो चर्चित गीत आउँदै स्टेज उक्लिए पुरै हल, ताली र हुटिङले गुञ्जियो । नेपाल र नेपाली आफुलाई असाध्यै मन पर्ने बताउँदै उनले आफ्ना हिन्दी नेपाली दुबै गीतहरु दर्शकले चाहेजति सुनाएका थिए । उनको बोलीचाली र प्रस्तुतीमा रमाएका दर्शकहरु बहिर पानी परिरहेको पर्वाह नगरी पुरै कार्यक्रम अवधि भर उनलाई साथ दिन बसेका थिए । राती ११:३० को हाराहारीमा सकिएको कुमार सानु लाईभ कन्सर्टमा डिनरको पनि व्यवस्था गरिएको थियो ।

   

    

 

 

प्रतिक्रिया