अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

बाल्टिमोर सर्बधर्म सभामा एकताको शंखघोस

बिआरटीनेपाल २०७४ असार ३१ गते ७:३५ मा प्रकाशित

बाल्टिमोर स्थानीय सरकारको आव्हान र दर्जनों सामुदायिक, धार्मिक, एवम् सॉंस्कृतिक सङ्घ-संस्थाहरूको सह-आयोजनामा बुधवार सम्पन्न सर्बधर्म सभा एवम् एकता झॉंकीमा हिन्दु परम्परा अनुसारको स्वस्तीवाचन एवम् शंखध्वनीले एक विशाल जनसभालाई मन्त्रमुग्ध बनायो । 

गोल्डस्टार पिता खजीर खानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली एवम् हिन्दु समुदायको प्रतिनिधित्व गर्दै कर्मकाण्ड ज्योतिष पंडित मधुप्रसाद गौलीले हिन्दूधर्मको सारसंक्षेपका साथ अनेकतामा एकताको संदेश दिनुभएको थियो। आफ्नो सम्बोधनको अंतमा पंडित गौलीले विश्व-शान्तिका लागी स्वस्ति-वचन उच्चारण गरी शंखध्वनी बजाउंदा हज्जारौंको सङ्ख्यामा उपस्थित जनसमुदायले ताली ठोक्दै, घंट बजाउंदै र रुमाल हल्लाउंदै हर्षोल्लासपूर्वक समर्थन जनाएका थिए।

बाल्टिमोर काउन्टि मानव सम्बन्ध परिषद्, महिला परिषद्, अमिगोस अफ बाल्टिमोर काउन्टि, इस्लामिक सोसाइटी अफ बाल्टिमोर, बाल्टिमोर यहूदी समाज, ब्रीज मेरील्ण्ड, र अन्य विविध धर्म-सम्प्रदायका गण्यमान्य व्यक्तित्वहरु उपस्थित उक्त एकता महोत्सवना बाल्टिमोर काउन्टिका प्रमुख केविन कामेनेजले जुलाई १२ तारीख़लाई एकता दिवसको रूपमा घोषणा गर्नुभएको थियो।स्मरण रहोस्, अप्रैल ४ तारिखमा काउन्टि प्रमुख कामेनेजले आप्रवासीको संरक्षण, विविधता, र समानताको लागी कारियकारी आदेश जारी गर्नुभएको थियो। उहाँले अमेरिकालाई विभाजित तुल्याउनखोज्ने तत्वहरुको भर्त्सना गर्दैआउनुभएको छ। वीरगति प्राप्त क्याप्टेन हुमायूँ खानका पिता खजीर खानले प्रमुख अतिथिको रूपमा कामेनेजको प्रशंसा गर्दै एकताको आव्हान गर्नुभयो।

नेपाली समुदायको तर्फबाट ह्यारी भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए । उनले यसबाट नेपाली जनसमुदायको पहिचानको लागि एउटा कोसेढुगा बन्न सफल भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू