अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को विधान संशोधनको लागि सुझाव सङ्कलनबारे विधान संशोधन सुझाव समितिको जरुरी सूचना

बिआरटीनेपाल २०७४ असार ३१ गते ७:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को विधान संशोधनको लागि सुझाव सङ्कलन बारे विधान संशोधन सुझाव समितिको जरुरी सूचना!

मिति: जुलाई ९, २०१७
श्री अनेसासका सदस्यज्यू,

नमस्कार !
उल्लिखित विषयका सम्बन्धमा अनेसास केन्द्रको हामीलाई प्राप्त पत्रानुसार विधान संशोधन सुझाव समिति गठन गरेर सुझाव सङ्कलन गरी वर्तमान विधानमा केही संशोधन गर्न सुझावहरू यस केन्द्रीय कार्यसमितिलाई पेस गर्नुहुन अनुरोध गर्दछौँ भन्ने व्यहोरा अवगत भएको छ। अत: विधानका विविध धाराहरूमा संशोधन गर्नुपर्ने यहाँको पनि बिचार भएमा तल दिइएको नमुना अनुरूपको फारममा भरी यही ३१ जुलाई २०१७ भित्रमा आफ्ना बहुमूल्य सुझावहरू पठाई सहयोग गरिदिनहुन विधान संशोधन समिति अनुरोध गर्दछ।

सुझावहरू पठाउँदा विस्तृत रूपमा नलेखी विधानमा भएका धारा र उपधाराहरुको परिधिमा रहेर बुँदागत रूपमा पठाउन र पठाउँदा ई–मेल मार्फत संशोधन समितिका सबै सदस्यहरूलाई पठाउनु हुन पनि जानकारी गराइन्छ ! विधान संशोधन समितिका सदस्यहरूको ई–मेल यस प्रकार छ:—

Tara Niraula – — drniraula@niraula.org
Dhani Ram Sapkota — drsapkota@gmail.com
Vijaya Sharma — sharmavjraj@yahoo.com
Nisha K. Aryal — aryal_nita@yahoo.com
Ram Khatri —ramkhatri@gmail.com

यो नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय प्रकृतिको भएको हुनाले आजीवन तथा ट्रष्टी सदस्यहरू लागायत विभिन्न देशहरूमा भएका राष्ट्रिय र स्थानीय शाखाहरु बाट पनि आफ्ना महत्त्वपूर्ण सुझाव आउन् भन्ने हाम्रो आशा भएकोले उक्त शाखाका नेतृत्व वर्गले सक्रियताका साथ सुझाव सङ्कलन गरी यो समितिलाई उपलब्ध गराई दिनहुन यसै सूचना द्वारा सादर अनुरोध गरिन्छ !

नोट:— समितिलाई प्राप्त भएको वर्तमान विधानको एक प्रति (http://www.inls.org/bylaws.pdf) अङ्ग्रेजीमा (नेपालीमा यो समितिलाई उपलब्ध नभएको) ई–मेलमा पनि संलग्न गरी पठाइएको छ ! यो सूचनालाई इमेल द्वारा र INLS (केन्द्र) को फेसबुक मार्फत पनि प्रेसित गरिएको छ ।

अन्त्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संवर्धन तथा प्रवर्द्धन गर्ने कुरा यहाँहरूको सक्रिय र रचनात्मक सहभागितामा भरपर्ने र यसको सही र प्रभावकारी रूपमा सङ्गठन र सन्चालनको प्रक्रिया विधानमा आधारित हुने हुनाले यो गहन कार्यमा बुँदागत रूपले आफ्ना महत्त्वपूर्ण सुझावहरू पठाई सहयोग गरिदिन हुन पुन: अनुरोध गर्दछौँ ! यो सूचना प्रसारणमा विविध कारणले कतिपय सदस्यले इमेल नपाउन सक्ने सम्भावना भएको हुनाले आँफूले चिनेजानेका र आफ्नो सञ्जालमा भएका अनेसासका सदस्यहरूलाई पनि खबर करी सहयोग गरिदिनुहुन आग्रह गर्दछौँ ! धन्यवाद ।

 

भवदीय,
तारा निरौला, संयोजक
राम खत्री, सदस्य
विजयराज शर्मा, सदस्य
निशा अर्याल, सदस्य
धनिराम सापकोटा, सदस्य

प्रतिक्रिया