अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

अफगानिस्तानलाई रोक लगाएको अमेरिकाले किन दियो अफगान किशोरीहरुलाई प्रवेशाज्ञा ?

बिआरटीनेपाल २०७४ असार २९ गते ५:१७ मा प्रकाशित

अमेरिकाले अफगानिस्तानलाइ प्रवेशाज्ञा मनाही गरेको भएपनि अफगानी किशोरीहरु भने अमेरिका प्रवेश गर्न पाउने भएका छन् । अमेरिकामा हुन लागेको रोबोट सम्बन्धी प्रतिस्पर्धामा सहभागी बन्न चाहेका अफगानिस्तानका स्कूले किशोरीहरुलाई अमेरिकाले प्रवेशाज्ञा दिएको हो ।

छ वटा मुश्लिम बहुल देशका नागरिकहरुलाई अमेरिकाले लगाएको यात्रा प्रतिबन्धमा अफगानिस्तान नपरेको भएपनि अमेरिकाले अफगानिस्तानलाइ प्रवेशाज्ञा मनाही गरेको थियो । तर अफगानिस्तानबाट माध्यमिक विद्यालयका ६ किशोरीहरु भकुण्डो छान्ने रोबोट लिएर प्रतिस्पर्धामा सहभागी हुन अमेरिका आउने भएका छन् ।
एपी समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगान नागरिकलाई प्रवेशाज्ञा नदिने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेपछि किशोरीहरु अमेरिका प्रवेश गर्न पाउने भएका हुन् ।

१६४ देशका सहभागी हुने बताइएको गैर नाफामुलक संस्था फर्ष्ट ग्लोबलले रोबोट सम्बद्ध खेलहरुबारे आयोजना गरेको प्रतिस्पर्धामा फर्ष्ट ग्लोबलले स्टेम भनेर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया