अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

अमेरिकामा रहँदै आएका गीतकार साहज गुरुङको ‘बिर्सिदिन्छु’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २८ गते २:५९ मा प्रकाशित

पछिल्लो समय अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा बस्दै अनि सानै देखि गीत सङ्गीतमा लगाव राख्दै आएका र गीत सङ्गीतमा केही गर्छु भन्दै पछिल्लो समय आफ्नो नयाँ गीत “बिर्सिदिन्छु” मार्फत बजारमा आएका गीतकार हुन् साहज गुरुङ । गीतकार गुरुङ भुटानमा जन्मिएका हुन् र पछि आएर झापामा बसोबास गर्दै आएका अनि गीत लेखनमा सक्षम प्रतिभाशाली यिनै गीतकार गुरुङले आफ्नो नयाँ नेपाली आधुनिक गीत “बिर्सिदिन्छु” सार्वजनिक गरेका छन् ।

अम्बर तुम्बापो सुब्बाको सङ्गीतमा बनेको यो गीतमा उदय सोताङ्गको आवाज अनि सचिन सिंहको सङ्गीत संयोजन रहेको छ ।

‘के एण्ड के’ को प्रस्तुतिमा रहेको योभिडियोमा केकी अधिकारी अनि निराजन प्रधानको सशक्त अभिनय “बिर्सिदिन्छु”   गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा हरि हुमागाईंको छायाङ्कन, निशान घिमिरेको सम्पादन सँगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया